– कृष्ण खनाल
वुटवल २ भदौ । सिद्धार्थ गौतमवुद्ध क्यामपस वुटवलमा युवा रेडक्रस सर्कल गठन गरिएको छ । क्याम्पस प्रमुख कृष्णलाल जोसीको सभापतित्व रेडक्रस उपशाखा वुटवलका सभापति वेन वहादुर पौडेलको प्रमुख अतिथ्यता तथा रेडक्रस उपसाखा वुटवलका उप सभापति विमल वहादुर साक्यको विशीष्ट अतिथ्यतामा रेडक्रसम सर्कल गठन गरिएको हो । यस्तै भेलाले शकंर ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा सुरज अधिकारी कसचिव कमल खत्री सहसचिवमा महेश न्यौपाने कोषध्यक्ष सम्झना पराजुली सह कोषध्यक्ष नविन पौडेल र सदस्यहरुमा माया पाण्डे सुरेन्द्र खड्का अनिता वश्याल श्रीधर पन्थी निरज तुलाधर रहेका छन् ।
यसैगरि सो भेलाले ५ सदस्यीय रेडक्रस एक्टीभ टिम कमिटी समेत गठन गरेको छ । जसको सदस्यहरुमा कमल वश्याल पुजा श्रेष्ठ सम्झना पाण्डे विष्णु पराजुली तिर्थराज अर्याल रहेका छन् ।