पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा नारायण खण्डमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा नारायण खण्डको हनहरीमा ट्रयाक्टरको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी-८ रजैयाका ८ वर्षीय संजिव लामा रहेको प्रहरीले जनाएको छ । ना२त ८२९८ नम्बरको ट्रयाक्टरको ठक्करबाट लामाको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । 
उता रसुवाको राम्चेमा मालबाहक ट्रक सडकबाट पल्टँदा पाँचजना घइते भएका छन् । ना१ख ३९३८ नम्बरको ट्रक राम्चेको ग्रानमा दुर्घटना भएको कालिकास्थान प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु