सर्लाही, असोज ६ । सर्लाहीको सिमरामा गएराति गोली हानी एक वृद्धाको हत्या भएको छ ।
राति दश बजेतिर आएको नचिनेका मान्छेको समूहले स्थानीय ६५ वर्षी सुकेश्वरी देवी महतोलाई गोली हानी हत्या गरेको हो ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्रिएपनि नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।