नेपाली दुताबास कतारको शरणमा पिडित महिला

– खेम भट्टराई/रुद्र दाहाल
दोहा, सेप्टेम्बर २३, बैदेशिक रोजगारीको शिलशिलामा तिन बर्ष अगाडि भारतको मुम्बई शहर हुदै कतार प्रवेश गरेकी काठमाण्डौ फर्पिङमा घर भएकी राधा तामाङ्ग रोजगार दाताको यातना लाई सामना गर्न नसक्दा दुताबासको शरणमा आएकी छिन् । 
दोहाको दुहेल भन्ने ठाऊमा घरेलु कामदारको रुपमा मासिक तलब कतारी रियाल ६०० मा काम गर्दै आएकी राधाले दुई बर्ष सम्म निरन्तर तलव सुबिधा पाएको बताइन । तर पछिल्लो समयमा घर मालिक्नीको स्वास्थ्थ स्थीति नाजुक भई उपचारको लागि थाइल्याडको हस्पीटलमा भर्ना भएकीले उपचारमा कुनै सुधार नआएको कारण बताउदै घरका अन्य सदस्यहरुले उनिलाई आठ महिनाको तलब नदिई लगातार काम मात्र लगाएको बताईन् । 
दिनमा बिस घण्टा सम्म काम गर्नुपर्ने र दवाबका साथ कुटपित तथा मानसिक यातना सहदा सहदै  पनि तलव नपाउँदा र घर फर्कन्छु भन्दा पनि नदिने भएकोले उनको नातामा दाई पर्नेको सहायताले नियोगको शरणमा आएको बताइन । घरमा बिस घण्टा सम्म काम गर्दा पनि आराम छैन उनले  अर्थ र रोजगारलाई भनिन् कति यातना र गाली सहने ? त्यसैले भागेर आएकी हँु । तिन बर्ष अगाडि उनको श्रीमान के. बि. पौडेल पनि कतारमा काम गर्दै आएको  र उनकै सहयोगमा आफू पनि आएकी हँु उनले बताइन । 
घरमा संपर्क गर्नको लागि प्रयोग गर्ने मोबाईल फुटाइ दिने र मोबाईल, पैसा र पासपोर्ट साथमा चोरेर भागेको आरोप मालिक्नीकी छोरीले लगाएको तर पिडितले भने त्यसरी आफुले कुनै किसिमको चोरी नगरेको बताइन । नेपाली नियोगले घर मालीक्नीकी छोरीलाई दुतावासमा बोलाइ जानकारी लिदा पिडितको पासपोर्ट आमा सगै भएकोले तत्काल आफुले घर फर्काउन नसक्ने हुदाँ पिडितले पाउनु पर्ने आठ महिनाको तलब पनि दिन नसक्ने हुदाँ केहि दिनमा १५ सय रियाल उपलब्ध गराउने प्रतिबद्धता सहित लिएर आउने कुरा नियोग प्रमुख सुर्यनाथ मिश्रले बताउदै अब चाडै कानुनि प्रकृयाबाट उनलाई घर फिर्ता गरिने जानकारी गराए ।