– जगत प्रसाद आचार्य
अधिबक्ता, हाल दुबई
तपाईंलाई रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय वा भिजिटको सिलसिलामा नेपालबाट बाहिर जाने तयारीमा हुनुहुन्छ वा जाने सोच गर्दै हुनुहुन्छ भने निम्न बुदाहरुलाई ख्याल गर्नु हुन अनुरोध छ :-
१. यदि तपाई रोजगारीको लागि विदेश जादै हुनुहुन्छ भनेमा श्रम तथा रोजगार प्रवर्द्धन विभागको स्वीकृति लिई आउनुपर्ने हुन्छ जसले गर्दा तपाइलाई बिदेशमा कम्पनीले भने अनुसारको तलब सुबिधा नदिएको खण्डमा नेपालबाट रोजगारमा पठाउने कम्पनीले त्यहा भएको सम्झौता अनुसारको सेवा सुबिधा दिलाउनु पर्ने हुन्छ नत्र तपाई नेपाल फर्किएर पठाउने कम्पनी उपर कानुनी प्रक्रिया चाल्न सक्नु हुन्छ /
२. जुन देशमा रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय वा भिजिटको सिलसिलामा जान चाहनु हुन्छ त्यहाँ स्थित आफ्नो देशको राजदुताबाशको सम्पर्क ठेगाना, नम्बर र नाम लिनु भएमा कुनैपनि समस्यामा आएमा उहाहरु संग मद्दत लिन सक्नु हुनेछ /
३. जुन देशमा रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय वा भिजिटको सिलसिलामा जान खोज्दै हुनुहुन्छ त्यस देशको रिति रिवाज, भाषा ,सस्कृति र भौगोलिक स्थिथिको बारेमा जानकारी लिएर जानु राम्रो हुनेछ / जसको लागि तपाइले गूगलमा Non-Resident Nepali Association सर्च गरि National Coordination Council लाई log गरि सम्बन्धित ५७ देशको NRN ASSOCIATION का कार्यशील पदाधिकारीहरुको नाम, सम्पर्क नम्बर र इमेल मार्फत सम्बन्धित देशको बारेमा बिस्तृत जानकारी, त्यस देशका नेपालीहरुको बास्तबिकता र अपनाउनु पर्ने तौर तरिकाको जानकारी पाउनु हुनेछ जसले गर्दा तपाइलाई त्यहा गएर के गर्ने , कहाँ र कसरि बस्ने, विद्यार्थीले कहाँ कसरि पदने सम्पूर्ण कुराहरुमा अग्रम सुचनाहरु पाउन सक्नु हुनेछ /
४.रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय वा भिजिटको सिलसिलामा बाहिर जादा गैरकानूनी काममा संलग्न हुने कुनै पनि व्यक्तिहरुलाई उल्लेखित NRN ASSOCIATION वा राजदूतावासले कुनै प्रकारको मद्दत गर्दैन त्यसैले नक्कली प्रमाणपत्र, नक्कली सहीछापको अवैध कारोवारमा संलग्न व्यक्तिहरुसंग होशियार रही कानुन संगत कार्य गर्न गराउन सबैलाई प्रेरित गर्नुस /
५. परराष्ट्र मन्त्रालय, शिक्षा वा नेपाल राजदूतावास बाट प्रमाणित गराउनु पर्ने कुनैपनि प्रमाणपत्र वा कागजात प्रमाणित गराउनुपर्दा आफु वा आफ्नो विश्वासी व्यक्तिलाई मात्र गर्नु गराउनुहोस/ जसले गर्दा गलत र अबैधानिक कार्यबाट बच्नु हुनेछ /
६. रोजगारीमा हुनुहुन्छ भने तपाई र कम्पनी बीच भएको Labour contract ( सम्झौता)को एकप्रति तपाईंले राखनुस जसले पछाडी कुनै विवाद श्रृजना भएको कानुनी कार्वाहीको निमित्त उक्त सम्झौता पत्र महत्वपुर्ण हुनेछ /
७. आफ्नो राहदानीको म्याद कहिलेसम्म रहेको छ र उक्त राहदानीको म्याद सकिनु अगावै आफ्नो देशको दुताबासमा सम्पर्क राखी नविकरण बारेमा सोधखोज गरि आबस्यक प्रक्रिया चल्नुहोस र भिसाको म्याद सकिनु अगाडी आफ्नो कम्पनी संग समन्वय गरि सम्बन्धित सरकारले तोकेको समय भित्रमा भिसा नबिकरण गराउन पहल गर्नुहोस /
८. भिषाको प्रक्रिया पुरा भएपछी लेवरकार्ड, हेल्थकार्ड,National ID र अन्य सम्बन्धित सरकारले तोकेको प्रमाणहरु अनिबार्य लिनु पर्नेहुन्छ जसले गर्दा आगामी दिनहरुमा कुनै समस्या आइ पर्ने छैन जसमा प्राय रोजगारदाता कम्पनीले उपलब्ध गर्दछ जुन कुराहरु रोजगार सम्झौता पत्रमा पनि खुलाईएको हुनसक्छ /
९. आफुले बिदेशमा आर्जन गरेको रकम नेपाल पठाउंदा बैंक वा कुनै अधिकारप्राप्त मनी एक्स्चेञ्ज मार्फत सुरक्षित रुपले पठाउनुहोस जसले तपाइलाई आरामले निन्द्रा लागोस नत्र २/४ पैसाको लोभमा परि हुण्डीबाट पठाउदा तपाइको आफन्तले पैसा नपाउन सक्छ त्यसमा तपाइले पैसा दिएको कुनै प्रमाण नहुने हुनाले कानुनी प्रक्रियामा तपाई पछाडी पर्नु हुनेछ ।
१०. नेपालीहरु परिश्रमी र इमान्दार हुन्छन भन्ने कुरालाई ध्यान दिदै विश्वास र नेपालीको इज्जतलाई सम्बन्धित मुलुकमा प्रमाणित गर्न त्यस देशको सामाजिक मूल्य र संस्कृतिलाई कदर गर्दै सार्बजनिक स्थलमा मादक पदार्थ सेवन र अभद्र व्यवहार नगर्नुस जसले हामी सम्पूर्ण बिर नेपालीहरुको र नेपालको प्रतिष्ठामा समेत आंच आउन सक्दछ। यहि कारणले गर्दा कति देशमा केहि देशका जनताहरुलाई जान आउनमा, रोजगारीमा रोक लगाएका उदाहरणहरु छन् /
११. नेपाल जस्तो ठानी बन्द ,हड्ताल गर्ने, धर्ना बस्ने, अवैध संगठनमा सामेल नभई आफ्नो पीरमर्का सम्बन्धित निकाय मार्फत कानूनसम्मत रुपमा गर्नु गराउनु पर्दछ जसको लागि तपाइले नेपाली राजदुताबास वा NRN ASSOCIATION सम्पर्क गरि अगाडी बढ्न सक्नु हुन्छ /
१२. नेपालबाट बाहिर जाने क्रममा होस् वा बाहिर रहेको अवस्थामा होस् कुनैपनि कागजातमा सही गर्नुअघि त्यसमा के लेखिएको छ भन्ने राम्ररी नबुझी सही नगर्नुहोस्। यदि अन्य भाषामा लेखिएको भएमा त्यसलाई सम्बन्धित जानकार व्यक्तिहरुको मद्दत लिई उल्था गरेर मात्र दस्तखत गर्नुपर्दछ ताकि पछाडी कानुनी प्रक्रियामा तपाइलाई अप्ठेरो नपरोस /
१३. खाडी मुलुकहरुमा नेपाली महिलाहरुलाई हाउसमेडको रुपमा कामगर्न आउन नेपाल सरकारले रोक लगाएको हुनाले नेपालमा श्रम कार्यालय र श्रम बिभागमा सम्पर्क राखी के कसरि जान सक्छु वा पठाउन सकिन्छ जानकारी लिई त्यसपछि सम्बन्धित हाउसमेड महिलालाई स्पोन्सर गर्ने व्यक्तिलाई सम्बन्धित मुलुकमा भएको नेपाली राजदुताबासमा गई निज हाउसमेडको सुरक्षाको प्रत्याभूति म छु भनि निजले गरेको कागज र भिषा सहित हाउसमेड महिला कामदारलाई श्रम इजाजत माग गर्दा श्रम कार्यालय र श्रम बिभागले अवस्य इजाजत दिनु पर्ने हुन सक्छ/जसले गर्दा महिला कामदारहरुको अस्मिताको सुरक्षा हुने र अवैध रुपमा भारतीय बाटोबाट र नेपालको एयरपोर्टमा रु २५,००० दलालीहरुलाई बुझाई आउनुपर्ने छैन / यसको लागि सम्बन्धित संघ संस्था र सम्बन्धित महिलाहरु जागरुक भई नेपालमा भए श्रम मन्त्रालयम र बिदेशमा भए १ पटक सम्बन्धित राजदुताबासमा आवाज पुर्याउनै पर्दछ/
१४. बिदेशका राजमार्ग एवं रेल मार्गहरु धेरै फराकिला हुनुका साथै उच्च गतिले सवारी साधनहरु गुड्ने र धेरै सावधानिका साथ तोकिएको स्थानबाट मात्रै बाटो काट्ने गर्नुपर्ने हुन्छ तर ट्राफिक नियम पालन नगर्दा खाडी देशहरुमा धेरै नेपाली नागरिकहरुको मृत्यु हुनेगरेकोले र जरिमाना तिर्नु परेको हुनाले यस्तो अवस्थाबाट धन र ज्यान बचाउन ट्राफिक नियम पालन गर्नु अनिबार्य छ।
१५.यदि तपाई बिदेशमा रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय गर्दै हुनुहुन्छ भनेदेखि सम्बन्धित देशको NRNA को National Coordination Council को सम्पर्कमा रही रहनुस जसले ५७ देशमा आफ्नो संजाल मार्फत सम्बन्धित देशमा कार्यरत विभिन्न छेत्रका पेशा ,व्यसायी,बिधार्थी र अन्य जनशक्तिहरुको विवरण अधाबधिक गरि तिनीहरुलाई नेपाल वा बिदेशमा के कसरि परिचन गर्दा सम्बन्धित व्यक्ति र नेपाल लाई अत्यधिक फाइदा पुग्छ भन्ने बारेमा विभिन्न नया नया सोचहरु अगाडी बढाएको हुनेले तपाइको योगदान पनि धेरै महत्वपुर्ण हुनेछ /
१६. जुन देशमा रोजगारी, अध्यन, पेशा, व्यापार ब्यबसाय वा भिजिटको सिलसिलामा गएता पनि आफ्नो नाममा मोबाइल सिम कार्ड वा इन्टरनेट लिई आफुले प्रयोग गरि नचाहिने भएमा नियम पुर्बक निबेदन दिई बन्द गर्नुस अन्य व्यक्ति लाई प्रयोग गर्न नदिनुस् यसरि अर्कोलाई प्रयोग गर्न दिएर निजले गलत कार्यमा प्रयोग गरेमा त्यस्तो गल्ति तपाइले गरेको ठहर्दछ र कानुनत तपाई कारबाहीको भागीदार हुनुहुनेछ /
१७. यदि तपाई बिदेशमा बसेर नेपाल र नेपालीको लागि केहि गरौ भन्ने भाबनाबाट प्रेरित भइ कुनै संघ संस्थामा आबद्ध हुनुहुन्छ वा तेस्तो सोचमा हुनुहुन्छ भने तपाइको लागि यो ५७ देशमा फैलेएको Non-Resident Nepali Association (NRNA ) मा आबद्ध भई कुनैपनि देश बाट आफ्नो समाजसेवा सुरु गर्न सक्नु हुनेछ /
१८. यदि तपाई महिला हुनुहुन्छ तपाइलाई कसले ललाई फकाई तपाइको इच्छा बिपरित कुनै नाजायज कार्य गर्न बाध्य बनाएमा त्यस्ता व्यक्ति उपर नेपाली राजदुताबास , NRNA वा अन्य संघ संस्थाको सहायतालिई कानुनी कारबाही अगाडी वढाउन सक्नु हुनेछ जसले गर्दा त्यस्ता व्यक्तिहरुबाट अन्य महिलाहरु माथि अन्याय हुन पाउने छैन/
धन्यवाद !!
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.