साउदीमा पाल्पाका युवक द्वारा आत्महत्या

– उमाकान्त पाण्डे “गाउंले” 
२९ सेप्टेम्बर २०११ – आबुधाबी यूएई डेस्क – रोजगारीको शिलशिलामा खाडीमुलुक साउदी पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन।  
अर्घेली ३ पाल्पाका बिष्णु शाहीले गत शनिबार दिउस आफ्नै कोठाको पखांमा झुन्डिएर आत्महत्या गरेका हुन। साउदी स्थित बहुरास्ट्रिय कम्पनी अल मराइमा गत ३ महिना देखी कार्यरत उनले आत्महत्या गर्नु अघी घर-परिवार लाई पत्र समेत लेखेका छन। 
काठमान्डौमा रहेका उनका दाजुलाई सम्बोधन गरी लेखेको पत्रमा : आफ्नी श्रीमतीलाई राम्रो सगं पढाउन आग्रह गर्दै मिलेमा राम्रो केटा खोजी विवाह गरिदिन भन्दै यो जीन्दगीमा आफुले ठुलो गल्ती गरेको र अर्को जुनीमा फेरी एउटै परिवारमा जन्मने इच्छा ब्यत्त गरेको उल्लेख छ। 
साथीभाई सगं क्यान्टिङमा दिउसको खाना खान भनि साथीहरु सगैं कम्पनीको मेसमा गएका शाही कोठामा मोबाइल भुलेको भन्दै खाना नखाइ फर्केको र सबैले खाना खाइ सक्दा समेत क्यान्टिङ नपुगे पछी कोठामा गई हेर्दा कोठामा रहेको पखांमा झुन्डिएको अवस्थामा देखेको अर्घाखाँची बल्कोट घर भई हाल साउदीमा कार्यरत हरिप्रशाद परीयारले जानकारी दिए। 
अहिले मृतकको शब साउदी रियाद स्थित अस्पतालमा रहेको छ।  
एक बर्ष अघी मात्रा दाम्पत्य जीवनमा बाधिएका शाही कि श्रीमती हाल बुटवल मा बसेर पढ्दै छन। दसैंको मुखमा श्रीमानको मृत्‍यु भएको खबरले उनी बेहोसी जस्तै भएको साउदीमै कार्यरत मृतकका जेठानले प्रतिकृया दिए। 
घरको सामान्य स्थिती रहेका शाही मानसिक रुपमा कमजोर भएको उनका सहकर्मीको भनाइ छ। उनको शबलाई सक्दो छिट्टो स्वदेश ल्याउनका लागि दुतावाससग समन्यवब गरी कागज पत्र जुटाउन उनका आफन्त तथा सहकर्मी हरु लागेका छन।