यूएईमा दसैं बिशेष भब्य कार्यक्रम हुँदै-कलाकार र पत्रकार बिच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न

– उमाकान्त पाण्डे “गाउंले” / मान बहादुर थापा
यूएई डेस्क – सम्युत्त अरब एमिरेट्स दुबइमा बिजया दशमीको बिशेष अवसरमा बिभिन्न स्थानमा बिबिध कार्यक्रम हुँदैछन । 
यूएईको आबुधाबीमा प्रवासी नेपाली युवा संघको आयोजनामा दसैं बिशेष बिबिध सास्कृतिक कार्यक्रम हुँदैछ । नेपाल बाट युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । 
आबुधाबिको मुटु मानिने बजारको मध्यभाग मदिनाजायद सुपरमार्केट को ठीक अगाडि – इतिहाद बिल्डिङको पछाडि नेपाली राजदुतावास जाने बाटोमा रहेको केरेला सोसियल सेन्टरको हलमा साझ ५ बजे देखी हुने कार्यक्रममा यहाँका स्थानिय कलाकारको बेजोड प्रस्तुती हुने भएको छ। 
यसै बिच तमाङ समाज यूएईले बिजया दशमीको अवसरमा आबुधाबीको केरेला सोसियल सेन्टरमा आज भेट्घाट तथा चियापान कार्यक्रम गरेको खबर प्राप्त भएको छ। 
उता यूएईको दुबइमा युवा फोर्सको आयोजनामा दुबई स्थित अल नासर सेन्टरमा नेपालका करीब ३ दर्जन रास्ट्रिय कलाकार र नेपाल बाटै आएका १ दर्जन पत्रकार को उपस्थितीमा भब्य कार्यक्रम गरी बिजया दशमी लाई प्रवासमा स्वागत गरेका छन। कार्यक्रमका बिभिन्न प्रस्तुती अन्तर्गत आज शुक्रबार बिहान ९ बजे देखी सन्चालन गरिएको पत्रकार तथा कलाकार बिच मैत्रीपूर्ण फूटबल खेल सम्पन्न भएको छ। 
समाजमा पथप्रदशकको रुपमा कलम चलाऊने पत्रकार र नाटकिय अभिनय मार्फत दर्शक हरुलाई कहिले रुवाउने त कहिले हसाउने कलाकार बिच भएको खेल निकै नै रोमान्चक भएको थियो। मैत्री पूर्ण खेलमा पत्रकारलाई कलाकारले १ गोल को अन्तरमा हराएका छन। कलाकारले लगातार ४ गोल गरे भने पत्रकारले ३ गोल मात्र गरे पछी पत्रकार ले हार ब्योहेरेका हुन।
कार्यक्रममा नेपाल बाट सिनेजगतका राजेश हमाल, करीस्मा मानन्धर , लगायत ३५ जना कलाकार तथा राष्ट्रिय संचारमाध्यममा आबद्द १ दर्जन भन्दा बढी पत्रकारको उपस्थिती छ। दुबइको करामा स्थित अल नासर सेन्टरमा साझ ५ बजे देखी नेपाल बाट आएका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।