प्रवासमा दसैं:यूएईको आबुधाबीमा दसैं बिशेष कार्यक्रम सम्पन्न

प्रवासमा दसैं:यूएईको आबुधाबीमा दसैं बिशेष कार्यक्रम सम्पन्न
सवींधान लेखन प्रकृया अगाडि नबढनुमा युवा जगत निराश : युवा संघ अध्यक्ष बस्नेत
शान्ती र सवींधान लेखन प्रकृया टुङगो मा पुराउ : प्रवासी नेपालीहरु


– उमाकान्त पाण्डे “गाउंले”


यूएई डेस्क – सम्युत्त अरब एमिरेट्स दुबइमा बिजया दशमीको बिशेष अवसरमा बिभिन्न स्थानमा बिबिध कार्यक्रम सम्पन्न भएका छन।यूएईको आबुधाबीमा प्रवासी नेपाली युवा संघको आयोजनामा दसैं बिशेष बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ। युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।


यूएई प्रवासमा रहेका नेपालीलाई सम्बोधन गर्दै युवा संघ नेपालका अध्यक्ष बस्नेतले नेपाल बाट आउँदा खासै खुशीको पोको नभै दर्दनाक स्थितीको कथा बाहेक अरु केही ल्याउन नसक्दा दुखी भएको बताए। दिन दहाडै हत्या हिसां – बढ्दो महगीं – अन्योल पूर्ण शान्ती प्रकृया तथा सवींधान लेखनले गती नपाउदा युवा जगत दुखी भएको उनको भनाइ थियो। नेपालका नेता प्रती जनताले घ्रिणाको नजर लगाउन सुरुगरेको भन्दै माओवादी भित्र डा.  बाबुराम भट्टराई,काग्रेश भित्र गगन थापा,र एमाले भित्र गोकर्ण विस्ट जस्ता नेताको खाचो रहेको औल्याउदै अब युवाहरु त्यसको प्रतिनिधित्व गर्न तयार रहनु पर्नेमा उनले जोड दिए।


यूएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधि तथा अन्य देशबाट आएका अन्य अतिथी प्रतिनिधि हरुको मन्तब्य सक्किए पछी अन्त्यमा सम्बोधन गरेका बस्नेतले चट्याङ मास्टरको ठट्यौली टुक्रा “वर्ष भरिको भोक झिको काटौ खसी बोका तब-काट्नु पर्ने त अरुलाई नै थियो, यसैमा चित्त्त बुझाउ अब” मार्फत नेताहरु माथि कटाक्ष गर्दै बस्नेतले आफु गरीब माइती चेलीलाई भेट्न आएको सकेंत गर्दै सास्कृतिक कार्यक्रममा अन्य दललाई सकेंत नै गर्न नसके पनि माओवादीको वासियल प्रती सकेंत गर्दै युवा संघको दवाब अभियानले गर्दा अहिले वाइसियल का अबैध कार्यमा कमी आएको उनको भनाइ थियो।


उनले भने सवींधान लेखन प्रकृयामा दवाब स्वरुप सवींधान सभा भवन घेराउ,सभामुख मार्फत सभाशदलाई कलम उपहार,शभाशद लाई घास सम्मको शान्तिपुर्वक दवाद दिईदै आएको बताउदै उनले खाश गरी सवींधान लेखन प्रकृयामा युवाहरुलाई खासै वास्ता नगरिएको जिकिर गरे। पटक पटक श्रम- स्वीकृत गर्नुपर्ने झन्झटिलो ब्यबस्था देखी यहाँ कार्यरत नेपालीलाई परी आउन सक्ने अफ्ठ्यारा हरुमा यहाँ स्थित दुतावास सहयोगी बन्न नसकेको प्रती आफुलाई गुनासो गर्ने अत्यधिक रहेको बस्नेतले सुनाउदा हलमा उपस्थित दर्शकले हुटिङ समेत गरेका थिए।


कार्यक्रमको पहिलो चरण शुभकामना आदान प्रदान-मा आफ्ना मन्तब्य राख्दै यूएई प्रवासका नेपालीले नेपालमा शान्ती र सवींधान सुनिस्चित गर्न आग्रह गरेका थिए। नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले हालै मात्र २२ जिल्ला लाई अलग्गाएर नयाँ राज्य गठन गरी मुलुक टुक्राउने अभिब्यत्ती दिने मन्त्रि शरद सिहं भण्डारीलाई तत्काल पदबाट निस्कासन गर्न युवा जगत लाग्नु पर्नेमा जोड दिएका थिए। उनले राष्ट्रियता र जनताको सार्वभौमिकता माथि कसैले पनि हावी नबोल्न चेतावनी दिए। गैर आवसिय नेपाली संघ यूएईका अध्यक्ष चन्द्र रोकाहले आगामी अक्टोबर ७ तारिख शुक्रबार दुबइमा एनआरएनहरुको भेला भई भावीकार्य योजना बनाउन लागेकोले त्यसमा सहभागी हुन आग्रह गर्दै एनआरएनहरु देशमा लगानी गर्न चाहन्छन तर भरपर्दो बातावरण कहिले बनाउनुहुन्छ भन्दै प्रमुख अतिथी प्रती प्रश्न समेत गरे।


कार्यक्रममा दुतावास उपनियोग प्रमुख दिपक अधिकारी,एनआरएन आइसीसीका केन्द्रिय कोषाध्यक्ष रामेश्वर शाह,प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पगेंनी, लगायतले शुभकामना मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्ने अधीकाशं वत्ताले बिजया दशमीको अवसर पारेर नेपालमा शान्ती र सविंधानको सुनिस्चित गरी स्वदेशमै रोजगार श्रीजना होश भन्ने अपेक्षा सहित शुभकामनाका शब्द अर्पण गरेका गरेका थिए।पहिलो चरणको कार्यक्रम प्रवासी नेपाली युवा संघका महासचिव बुद्दीसुवेदीले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष प्रभु भुजेल मगरले गरेका थिए।


यहाँका स्थानिय कलाकारको बेजोड प्रस्तुतीमा सम्पन्न कार्यक्रममा करीव २ दर्जनभन्दा बढी कलाकारले प्रस्तुती देखाएका थिए।नेपाल गन्जकी शान्ती थापा,काठमाण्डौकी दुर्गा सुब्बा लिम्बु,काभ्रेकी बसन्ती लामा, देवी थोकर, चन्दा पुलामी मगर, अविसेष लामा,अनुराग, आशीश पुरुष, रिजन थापा  लगायतले न्रित्य मार्फत आफ्नो प्रस्तुती देखाएका थिए।


यूएईका स्थानीय कलाकार ज्ञान लामा, निस्चल श्री(खुशी), प्रेम थापा, राम बहादुर, प्रकाश पौडेल, निर्मल तामाङ, बिमला श्रेष्ठ लगायतले गायनी मार्फत आफ्ना गिती लय गाएका थिए।


आयोजकले तोकेको समय भन्दा करीव १ घण्टा ढिला गरी सुरु भएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थितीका कारण तथा प्राबिधिक गढबढिलाई ब्यबस्थापन गर्न सास्कृतिक कार्यक्रम संचालक राजु भुजेल लाई हम्मे हम्मे परेको थियो। सास्कृतिक कार्यक्रम सम्योजक समेत रहेका भुजेलले स्वयम सेवक लाई पटक पटक गरेको सहयोग आवहाँनले पनि कार्यक्रम ब्यबस्थापना गर्न असहज परेको महसुस हुन्थ्यो। यधपी कार्यक्रम संचालकको ठट्यौली प्रस्तुती शैली देखेर रमाउने दर्शक पनि उत्तिकै थिए। प्रवासी नेपाली युवासंघ यूएईका अधय्क्ष महेश गिरिको शभापतित्व, युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत तथा युवा संघ भत्तपुरका रबी खड्काको प्रमुख आतिथ्यता, दुतावास उपनियोग प्रमुख दिपक अधिकारी, यूएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधि, बिबिसी नेपाली सेवा तथा कान्तिपुर कतारका पत्रकार दिनेश रेग्मी लगायत यूएईमा रहेका बुद्दिजिवी,समाजसेवी,साहित्यकार, पत्रकार तथा आम-सर्वसाधारण नेपालीको उपस्थितीमा सम्पन्न कार्यक्रममा लामो समय देखी यूएईमा रही स्वच्छ, निस्पक्ष तथा प्रवासी नेपालीका दु:खसुखद समाचार बाट आम नेपाली लाई सुसुचित गराएको भन्दै पत्रकार उमाकान्त पाण्डे “गाउंले” लाई प्रमुख अतिथी बस्नेत र सभापती गिरीले खादा ओढाएर सम्मान पत्र द्वारा सम्मान गरेका थिए। साथै आयोजकलाई पर्दा पछाडि बाट अत्यधिक सहयोग गरेको भन्दै प्रवासी नेपाली संघका उत्तम अधिकारिलाई समेत सम्मान गरिएको थियो।


आयोजक युवा सघंले शुभकामना आदान-प्रदान,सास्कृतिक कार्यक्रम लगत्तै अन्त्यमा महेश बस्नेत तथा उपस्थित सम्पूर्णको आग्रहमा अन्तकृयात्मक कार्यक्रमको समेत सम्योजन गरेको थियो।  अन्त्यमा गरिएको अन्तकृयात्मक कार्यक्रममा बस्नेतलाई नेपालका समय सान्धर्भिक प्रश्न हरु गरेका थिए। प्रश्न कर्ताको जवाफ बस्नेतले सहज रुपमा दिएका थिए।


कार्यक्रम रातको ११ बजे सम्म सन्चालन भएको थियो।