विजया दशमीका अवसरमा महेन्द्रनगरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी अन्तर्गतको हनुमानध्वज गुल्मले आज बृद्धाश्रममा आश्रय लिइरहेका बद्धबृद्धा तथा बेसहारा बालबालिकालाई खाना खुवाएको छ ।
सेनाको टोलीले महेन्द्रनगरमा रहेको महिला तथा बृद्ध सेवा केन्द्रका ३६ जना बृद्धबद्धालाई खाना खुवाएको हो । यसअघि मझगाउँस्थित नेपाली सेनाको चण्डीप्रसाद गणले पनि बृद्धाश्रमलाई खसी उपहार दिएको थियो ।
यसैगरी महाकाली अञ्चल बाल अनाथालयका ३८ बालबालिकालाई कापी, कलम, विष्कुट र खाद्यान्न उपलब्ध गराइएको छ ।