कञ्चनपुर । पश्चिमी सिमानाका गड्डाचौकी नाका भएर दसैँका लागि घर फर्कने नेपालीको घुइँचो लागेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार दुई दिनयतादेखि भारतमा मजदुरी गरेर घर फर्कनेको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा रहेको छ ।
घर फर्कने अधिकांश व्यक्तिहरू पहाडी क्षेत्रका छन् । धानबाली भित्र्याउने समय भएको र त्यसैबेला चाडपर्व परेकाले पनि सीमानाकामा बढी भीड देखिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक नेत्रप्रकाश भट्टले बताउनुभयो ।
दसैँका लागि भारतको हिमाञ्चल प्रदेशबाट मजदुरी गरी घर आएका कैलालीको बलिया गाविसका फुलराम चौधरीले दसैँ मनाउनकै लागि तीन महिना मजदुरी गरेर घर आएको बताउनुभयो ।
यात्रुको चाप बढेलगत्तै भारतीय भन्सारका अधिकारीले पुनः यात्रुबाट जबर्जस्ती रकम असुल्न थालेको यात्रुहरूले गुनासो गरेका छन् ।
यात्रुको चापलाई मध्यनजर गर्दै महाकाली यातायातले यात्रुका लागि थप बस सञ्चालन गरेको जनाएको छ ।
यातायात व्यवसायीले बसका छतमा समेत यात्रुलाई राखेर लैजाने गरेकाले दुर्घटनाको सम्भावना बढेको ट्राफिक प्रहरी निरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।
दसैँ मनाउन भारतबाट फर्कनेको घुइँचो
कञ्चनपुर । पश्चिमी सिमानाका गड्डाचौकी नाका भएर दसैँका लागि घर फर्कने नेपालीको घुइँचो लागेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार दुई दिनयतादेखि भारतमा मजदुरी गरेर घर फर्कनेको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा रहेको छ ।