अफगानिस्तानमा नेपालीहरुले हर्षोल्लासका साथ दशै मनाए (तस्बिर सहित)


 

– सागर खनाल

 

अफ्गानिस्तान लोगार १९ असोज २०६८   । अफ्गानिस्तानको लोगार राज्यको अल्टिमोर स्थित अमेरिकन बेश क्याममा कार्यरत नेपालीहरुले एक अर्का संग दशैको शुभकामना आदान प्रदान र एक अर्कालाई टिका लगाई हर्षोल्लासका साथ दशै मनाएका छन् ।

 


 

युद्ध ग्रस्थ क्षेत्रमा रहेर पनि यहाँ रहेका नेपालीहरुले नेपालको संस्कृति झल्कने गरी दशै मनाए ।

 


 

यहाँ रहेका केही विदेशीले पनि टिका लगाई नेपालीहरुसँग रमाईलो गरेका थिए ।