सर्बप्रथम NRN को झन्डा बोक्ने ति व्यक्ति खोइ त ??


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई 

 गैर आबसिय नेपाली संघको स्थापना २००३ भएपछि यसको विस्तार क्रमश २००५ मा युएईमा भएबाट यसलाई अगाडी बढाउने कार्यमा NRN  को झन्डा लिई सम्पूर्ण नेपाली कार्यक्रमहरुमा सहभागिता जनाउने ति व्यक्ति जसलाई त्यसबेला चिन्नेहरुले NRN  को झन्डा ल्याउने  मानिस आयो है  भनि कुरा काट्ने  गरेको अवस्थाको मलाई  याद आउछ जब म भर्खरै नेपालीहरुको कार्यक्रमहरुमा छोटो समयलाई भएपनि  सहभागी हुने र ठुलो संख्यामा नेपाली जनमानसका कार्यक्रमहरुमा जाने अवसर मिल्थ्यो त्यहाँ ति  व्यक्तिको बारेमा  कुरा चल्थ्यो  लौ हेर  त्यो मानिस झन्डा बोकेर यहाँ पनि आइपुगेछ  यसले कुनै कार्यक्रममा  छोडदैन  NRN  को झन्डा त टाँगी हाल्छ, यो झन्डा त  यसको साथी नै रहेछ  भन्ने आवाज हरु यत्र तत्र आइरहन्थ्यो नभन्दै  म  पनि छोटो समय कार्यक्रममा जाने हुनाले  गर्दा पनि जादा सदै त्यस्तै देख्दै आएको थिए त्यस्तै कहिले झगडा भएको ठाउमा, अनि कहिले नेपालीहरुको जमघटमा अगाडी बढेर त्यस बारेमा चासो राखी बोल्दै गरेको देख्दा लाग्थ्यो यो मानिस त झगडा गरेर बिबादित भैरहेको रहेछ, त्यस्तै कहेले प्रहरी चौकीमा पुलिस संग कुरा गर्दै गरेको देख्दा लाग्थ्यो यो मानिस लाई के  लफडा गरेर पुलिसले पक्रेर केरकार गर्दैछ त्यसले पनि होला मैले कहिल्यै तिनी संग  नजिक हुने जमर्को गरिन   तर मैले  कहिले त्यो NRN , झन्डा र त्यो झन्डाको  प्रचार प्रसार गर्ने मानिसको को हुन् भन्ने  बारेमा  जानकारी राख्न पनि कोसिस गरिन ,मलाई लाग्थ्यो यो पनि कुनै राजनैतिक पार्टी जस्तै वा धर्म परिबर्तन गराउने जस्तै जस्तै  होला भनेर टाडा  भएकै उपयुक्त भन्ने ठानी  त्यसप्रति नजिक भई कुरा गर्ने र त्यस बारेमा जान्ने कोसिस पनि गरिन  /

 

तर आज समयले मलाई NRN प्रति नजिक गरायो र यो बारेमा बुज्दै जादा यो त एक गैर सरकारी , गैर राजनैतिक र गैर धार्मिक समाजसेबीहरुको बलियो संस्था रहेछ  जो जसले जुन राजनैतिक पार्टी वा धार्मिक पार्टीको खोल ओडेर आएता पनि यस संस्थाको कार्य समितीको महत्वपुर्ण पदमा निर्बाचित भएपछि त्यस्ता खोलहरु  फाल्नु पर्ने र बिनापुर्बग्रह कार्य समिती मा रहेर कार्य गर्नुपर्ने  प्राबधान हुनाले गर्दा बास्तबमै यो एक पबित्र , ससक्त र प्रेरणादायक समाजसेबी  संस्था रहेछ /

त्यसले गर्दा आज म बुज्दै छु ति  व्यक्ति जो  २००५ देखि सम्पूर्ण UAE मा हुने गैर आबसिय नेपालीहरुको  र नेपाली कार्यहरुका माझ NRN को पहिचान झन्डा बोकी हिड्ने व्यक्ति मैले सोचे सम्जेको भन्दा बिल्कुलै फरक र नेपालीहरुको समस्या को लागि सदैब लागि पर्ने हुनाले सम्पूर्ण युएई वासी  गरिब दुखिहरुले दुख पर्दाको साथीको रुपमा  चिन्दा रहेछन र मैले निजलाई देख्दा सोचेको  यथार्तता बिपरित रहेछ / समस्याहरुको  समाधानको लागि रात दिन नभनी  लागि परि समाधान गर्न  खट्ने  हुनाले  हरेक समस्यामा निजको उपस्थिति सदैब हुदो रहेछ  मैले निजलाई बिबिध रुपमा देखेको रहेछु सायद अषाढमा आँखा फुटेको गोरुले जताजतै हरियो देख्छ भनेको यहि रहेछ म पनि त्यस्तै परिस्थिति बाट गुज्रिएको हुनाले होला अवस्था अनुसार निजलाई फरक रुपमा मुल्यांकन गरेको  तर मैले देखका, सोचेका र  ति त्यस्ता समाजसेवी जो ३१ वर्ष अगाडी सिभिल ईन्जिनियर पेशा गर्न  युएई आइ ३ वर्षको नोकरी पश्चात आफ्नै  कम्पनि खोलि हालसम्म त्यस कम्पनिको एकमात्र संचालक रहेका व्यक्ति  ईन्जिनियर चन्द्र प्रसाद सापकोटा  रहेछन / जब मैले जानकारी पाए यी  व्यक्ति बारेमा अनि किन यसरि NRN प्रति लागेका, के नपुग्दो   होला  र यिनिलाई  ? बिस्तारै बुज्दै जादा सौख भनेको  समाज सेबा त्यसमा पनि  गैर राजनैतिक , गैर धार्मिक संस्था हुनेले NRN  को  समितीमा रहे वा नरहेपनि सकारात्मक  सोच का साथ  NRN  को  हितमा अगाडी बढ्नु भनेको सम्पूर्ण गैर आबसिय नेपालीहरुको हित हो भन्ने मान्यता रहेकोले यिनी  यस अगाडी पनि मध्ये पूर्व संयोजक को भूमिका कुसलता पुर्बक  निभाई  सकेका  रहेछन /


आज NRN  ले केहि फट्को मारी सकको छ यसलाई बुज्ने मानिसहरुको संख्या बिस्तारै बढ्दै गरेको र दुबईमा त झनै  NRN  प्रति नेपालीहरुको सभागिता उल्लेखीय बृद्दी भएको छ हिजो  म  जस्ता NRN  भनेको धार्मिक वा राजनैतिक संस्था होला भन्ने  ठानी टाढा हुनुपर्छ भन्ने सोच भएका र हिजो यी NRN  को  ब्यानर बोकी हरेक कार्यक्रममा सहभागिता देखाउदा लौ NRN  को मानिस आएछ भनि आलोचना गर्ने व्यक्तिहरुले NRN के हो भन्ने बुझिसकेको हुनेले अब त्यस्ता महान व्यक्तिको युएई बाशी नेपालीहरु माझ  व्यापक खोजि भईरहेको छ जो हिजो एक्लो  भएर पनि  बिना संकोच NRN  को झन्डा लिई सम्पूर्ण नेपाली माझ NRN  को प्रचार प्रसार गर्दै हिडेका थिए / जसले हिजो आफ्नै नेत्रितोमा  गैर आबसिय नेपालीहरु  लगायत खाडी देशका बिबिध समस्याहरु लाई  नेपाल एम्बेसी, श्रम मन्त्रालय र प्रधान मन्त्री सम्म पनि प्रतक्ष राख्न पछि परेनन् / जो सदै रात दिन नेपाली हरुका समस्या निराकरण गर्नमा लागि रहदा रहेछन् र त्यसमा खुशी महसुस गर्दा रहेछन /


गैर आबसिय नेपाली संघ अन्तरास्ट्रिय समन्ब परिसदको आगामी हुन लागेको बिस्व सम्मेलनका सम्पूर्ण सहभागी मित्रहर्लाई यस्ता महान प्रस्ट समाजसेवी  बक्ता  जसले हिजो NRN को सानो बिरुवा लाई यो मरुभूमिमा  हुर्काउन जुन भूमिका खेलको थियो र परिणामत आज त्यो NRN को  बिरुवा कहाँ आइपुग्यो यो कुरा सबैले बुज्नु जरुरि हुनेछ त्यसले म भन्छु अब आउने महाधिबेशनमा यी व्यक्तिको खोजि सम्म गर्दिनुस भएमा आगामी  कार्यसमितीका साथी हरुलाई कार्य गर्न ठुलो प्रेरणा मिल्ने मैले महसुस गरेको छु/ हो सबैले बलेको आगो मात्रै ताप्छ आज NRN को अबस्ता तेस्तै छ नेत्रित्वमा  जानलाई सबै तछाड मछाड गरेका छन् तर यस्ता व्यक्तिको खोजि गर्दैनन् भने त्यस्ता व्यक्तिहरु भोलि नेत्रित्वमा गएता पनि  आफ्नो पैसा खर्च गरुन्जेललाई मात्रै साथी भाई राख्न र कुनै समाज सुधारक कार्य गर्न सक्ने छन्  जसले  कुनै राम्रो टिम बनाउन र माथिल्लो स्तरसम्म सम्पूर्ण गैर आबसिय नेपालीहरुका  कुराहरु प्रस्तुत गरि सो को उचित कार्यन्बयन गर्न सक्ने छैनन /


तसर्थ सम्पूर्ण गैर आबसिय नेपालीहरुले  त्यस्ता व्यक्तिहरुको योगदानको सदैब कदर  गर्दै उचित सम्मानका साथ अगाडी बढेमा भबिस्यमा NRN  प्रति  सम्पूर्ण गैर आबसिय नेपालीहरुको लागि ठुलो सहभागिता र सहकार्य हुने कुरामा दुइमत हुन सक्दैन जुन NRN को लागि एउटा उदहारण पनि हुनेछ त्यसले सम्पूर्ण देशमा हुनु हुने गैर आबसिय नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले  यी व्यक्तिको बारेमा आगामी अधिबेशनमा खोजि गर्दिनुहुनेछ जसले गर्दा भोलि तपाईहरुको  कार्य समितीमा निजका सोच ,विचार,योजना र सहभागिताको रिक्तता महसुस नहोस /  धन्यवाद !!!