यस वर्षको दशैँमा कैलालीमा आपराधिक घट्ना शून्य

यस वर्षको दशैँमा कैलालीमा आपराधिक घट्ना शून्यमा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अरु वर्ष दशैँ तिहारमा प्रहरीलाई अपराधका घट्ना नियन्त्रण गर्न भ्याई नभ्यायो हुन्थ्यो । कुटपीट, झगडा, दुर्घटनालगायत आपराधिक घट्ना दशैँको समयमा श्रृखंलाबद्ध रुपमा हुन्थे ।

 

तर यस वर्ष दशैँ अवधिमा नगरक्षेत्रमा एउटा पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बसन्त पन्तले जानकारी दिनुभयो । दशैँको अवधिमा सुरक्षाकर्मीको चुस्त परिचालनका कारण अपराधिक घट्नामा नियन्त्रण भएको प्रहरीको दावी छ ।

अन्य समाचारहरु