– जगत प्रसाद आचार्य, अधिवक्ता
गैर आवासीय नेपाली संघको पाँचै बिस्व सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वकालागी हुने निर्वाचनमा गुटबन्दी हावि भएकोले आफुहरु त्यस्तो गुटबन्दीमा नलाग्ने संयुक्त अरब ईमिरेतासबाट प्रतिनिधित्व गरेका तीन जना हस्तीहरुले मंगलबार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरेका छन् । यसरि स्वतन्त्र रुपमा उमेदवारी घोषणा गर्नेहरुमा पूर्व मध्यपूर्व संयोजक तथा दुबईमा ३० वर्ष देखि समाज सेवामा समर्पित चन्द्रप्रकास सापकोटाले उपाध्यक्ष पदमा, एन आर एन दुबईमा पूर्व महासचिब तथा समाजसेबी सुरेश बस्यालले महासचिबमा र लोक सुवेदीले मध्यपुर्ब सहसंयोजकमा उमेदवारी घोषणा गरेका हुन ।
उक्त पत्रकार सम्मलेनमा सापकोटाले गैर आबसिय नेपाली संघ भनेको नेपाली द्वारा मातृभूमि नेपालको सेवा गर्ने उद्देश्यले स्थापना भएको गैर राजनैतिक र विशुद्ध सामाजिक संस्थाको रुपमा रहेकोले यसमा कसैले राजनैतिक आस्थाका आधारमा गैर आवासीय नेपाली संघको नेतृत्व हत्याउने र यस संस्थालाई राजनैतिक पार्टीको भात्री संस्थाको रुपमा विकास गर्ने मनसाय लिई धमिलो खेल खेल्दै राजनीति भित्राएरकोले त्यसको विरुद्धमा आफुहरुले स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरेको दावी गरेका छन् । सापकोटाले आफुले गैर आवासीय नेपाली संघलाई दुबईमा रहेका नेपालीहरु माझ चिनाउनलाई २००५ देखि २००७ सम्म रातदिन मेहनत गरेको र मध्यपुर्ब संयोजक हुदा समेत संस्थागत हितको लागि कुनैपनि ठाउमा राख्नुपर्ने कुराहरुमा कसैसामु डगमग नभई लागि परेको र आगामी दिनहरुमा पनि आफुले उपाध्यक्षमा जिम्माबरी पाएमा अध्यक्षलाई घच-घचौने र निजले अटेर गरेमा आफ्नै पहलमा भएपनि सम्बन्धित ठाउमा आफ्ना समस्या राखी त्यसलाई कार्यन्बयनमा लागि पर्ने बताउनु भयो/
गैर आवासीय नेपालीहरुको साझा थलोको रुपमा एनआरएन संघलाई विकास गर्न र छरिएर रहेका आफ्ना पुजी, साधन स्रोत र दक्ष जनसक्ति हरुलाई बिना पुर्बाग्रह, बिना राजनीति, बिना धार्मिक हिसाबले नेपालको विकासमा लगाउने हो भनेदेखि नेपालको विकास हुने कुरामा संका छैन त्यसले हाम्रो उम्मद्बरी भनेको कुनै राजनैतिक पार्टीगत, धर्मगत आधारमा नभएर स्वोतन्त्र रुपमा रुपमा रहेकोले सम्पूर्ण गैर आवासीय नेपालीहरुले यस कुराहरुलाई मनन गरि मतदान गर्नु भएमा भोलि पछुताउनु पर्ने छैन र सम्पूर्ण गैर आवासीय नेपालीहरुलाईको साझा संस्थामा राजनैतिक किराको आक्रमण हुने छैन यो हामीहरुको अपिल हो भनि भन्नु भयो /