ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले छड्के जाँच गरी थुप्रै सरकारी कार्यालयका हाजिरी खाता नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले छड्के जाँच गर्दा अधिकांश कार्यालयमा कार्यालय प्रमुखको अनुपस्थित रहेको भेटिएपछि हाजिरी खाता जफत गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका १६ वटा कार्यालयमा गरिएको छड्के जाँचमा तीन जना राजपत्र अनंकित द्वितीय श्रेणीका अधिकृत र र १७ जना तृतीय श्रेणीका अधिकृत अनुपस्थित रहेको पाइएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरी ३० जना नायव सुब्बा र ३४ जना खरिदार पनि कार्यालयमा नभेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।