३० असोज २०६८, पर्वत । लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्यक्रम सहयोग कार्यालय बाग्लुङ्ग घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वत जिल्ला लघु उद्यमी संघ पर्वतको आयोजनामा धाइरिङ्ग गा।वि।स मिलनचोकमा संचालित १ महिने झोला तथा नागासल बुनाई तालीमका प्रशिक्षार्थीहरुलाई घरेलु विकास समिति पर्वतका वरिष्ठ उद्योग अधिकृत शिव शंकर बानियाँले एक समारोहका बिच प्रमाण पत्र वितरण गर्नु भयो ।
सोही अवसरमा मन्तव्य प्रकट गर्दै वरिष्ठ उद्योग अधिकृत बानियाँले विगतमा संचालित तालीमबाट उद्यमीले पूर्ण दक्षता हासिल गर्न नसकेको कारण उद्यमीलाई दक्ष बनाउन रिफ्रेसर तालीमको आयोजना गरिएको र अब देखि कार्यालयको सहयोगमा उद्योग व्यवसायलाई निरन्तरता दिनु पर्ने कुरा व्यक्त गर्नु भयो ।
समापनकै अवसरमा तालीमका प्रशिक्षार्थी दुर्गा किसानले रिफ्रेसर तालीम निकै उपलब्धीमूलक भएको कारण अब आफुहरु बजारको माग अनुसारका सामग्री उत्पादन गर्न दक्ष भएको कुरा व्यक्त गर्नु भयो । तालीममा १० जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । मिलनचोक मिलनसार लघु उद्यमी समूहका अध्यक्ष भविसरा बि।sको अध्यक्षतामा संचालित प्रमाण पत्र वितरण कार्यक्रमको संचालन सहजकर्ता तुल बहादुर पुनले गर्नु भएको थियो ।