यूएईकी श्रम सहचारी सम्मानित


 

– उमाकान्त पाण्डे गाउंले

सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबी स्थित नेपाली राजदुतावासमा श्रम सहचारीको जिम्मेवार सम्हाल्दै आएकी पार्वती अर्याललाई यूएई मा रहेका बिभिन्न संघसस्थाले सम्मान गरेका छन। आफ्नो कार्यकाल सक्काएर नेपाल फर्किने क्रममा रहेकी अर्याललाई गत शुक्रबार एक कार्यक्रमको बिच यूएईमा केरेला सोसियल सेण्टर आबुधाबीमा सम्मान गरिएको हो।


नेपाली समाज यूएईको सम्योजकत्वमा आयोजित सो सम्मान एवम बिदाइ समारोहमा यूएईमा रहेका करिव डेढ दर्जन बढी सामाजिक संघ सस्थाले सम्युत्त रुपमा सम्मान गरेका हुन।

 

 


 

नेपाली समाज र यस् मा सुचिकृत आदीवासी जनजाती महासंघ,मगर संघ,महिला समाज,प्रवासी संघ,प्रवासी युवा संघ, तथा समाजमा आबद्द नभएका अन्य संघसस्थाले समेत अर्याललाई दोसल्ला ओढाउदै खादा र सम्मान पत्र बाट सम्मान गरेका हुन। साथै नेपाली समाजमा सुचिकृत नभए पनि सामाजिक कार्यमा हातेमालो गर्दै आएका अन्य सस्था जनसंपर्क समिती, एकता समाज, सर्वदा वाङगमय प्रतिस्ठान यूएई समेतले सम्मान गरे।

 

श्रम सहचारीको जिम्मेवार पाए देखी हाल सम्म उनले गरेका कार्यको उच्च मुल्याकंन गर्दै संघसस्थाले अर्याललाई सम्मान गरेका हुन।

 

 


 

 

बिदेश स्थित कुटनैतीक नियोगहरुमा सामान्यतया २ वर्षको कार्यअवधी सहित आउने कर्मचारीहरुको समयाबधी थप २ वर्ष थपिने प्रचलन भए पनि यूएईकी श्रम सहचारी ३० महिनामै फिर्ता हुनुको रहस्य अहिले सम्म सार्वजनिक भएको छैन।

 

हाल: खाडीमुलुक कतार-साउदी अरेबिया , मलेसिया र सम्युत्त अरब एमिरेट्समा एकै पटक पठाइएका श्रम-सहचारी मध्ये हाल सम्म यूएईमै मात्र महिला कर्मचारी परेकी थीईन। हाल अन्य देशका श्रम-सहचारी कार्यरत छन नयाँ श्रम सहचारीको प्रसगं पररास्ट्र र श्रम मन्त्रालय बिचको जुहारीले रोकिएको छ।

 

 


 

कार्यक्रममा बोल्दै नेपाली समाजका अध्यक्ष कृष्ण ढकालले अर्यालले फेरी पनि यूएईमै रही काम गर्ने ईच्छा राखेमा यहाँ स्थित संघसस्था मन्त्रालय सम्म डेलीगेसन जाने र पुनह: पदमै वहाँल गर्न पहल गर्ने बताए। अर्यालले हाल सम्म गरेका कार्यको समाजले निगरानी गरिरहेकोले आउँदा दिनमा नेपालमा रह्दा पनि खाडीमा कार्यरत नेपालीका समस्यालाई समाधान गर्न सम्बन्धित निकायमा घचघचाउन सहयोग गर्न आग्रह गरेका थिए।

 

कुटनैतीक निकायमा कार्यरत सरकारी कर्मचारी मात्र नभएर तिहार आउँदै गर्दा प्रवास बाट चेलीलाई बिदाइ गर्न लागेकोले प्रवासी नेपाली दु:खी भएको  वत्ताहरुको भनाइ थियो। उनी यसै साता नेपाल फर्कदै छीन।

 

सिमित स्रोत र साधनका बाब्जुत पनि यहाँ कार्यरत नेपाली कामदारको हकहितमा काम गर्न आफु पछी नहटेको र त्यसको प्रमाण स्वरुप आफुले कल्पना समेत नगरेको सम्मान पाउदा खुशी लागेको अर्यालको भनाइ थियो। आफु जुन सोच र उमङग सहित काम गर्ने योजनाका साथ आएको भए पनि सोचे अनुरुप खासै फड्को मार्न नसकेको बताउदै अर्यालले दुतावासको स्थापना गर्न गराउन र अहिले सम्म यस् को औचित्य लाई टिकाइ राख्न यहाँ स्थित संघसस्थाको अहम भूमिका रहेको बताइन। महिला भएकै कारण काम गर्ने क्रममा के के समस्या पर्छन भन्ने बिषयमा आर्जेको ज्ञान आफ्नो कार्यकालको महत्वपूर्ण पाठ रहेको उनको भनाइ थियो। 

 


 

 

 

कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि – समाजसेवी – बुद्दिजिवी – पत्रकार तथा आम-सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो। यधपी  दुतावासका सम्पूर्ण कर्मचारी लाई निमन्त्रणा गरिएको भएपनि अन्य कर्मचारीले उपस्थिती जनाएनन।

 

करीब २ लाख ५० हजार भन्दा बढी नेपाली कार्यरत भनिएको यूएईमा केही वर्ष यता घरेलु महिला कामदार आउने क्रम ह्वात्तै बढेको र शख्या बढे अनुसार महिलाहरु असुरक्षित हुँदै गएको अवस्थामा श्रम सहचारीको रुपमा दुतावासमा एक मात्र महिला कर्मचारी रहनुमा यहाँ कार्यरत महिलाका समस्या र त्यसको सुनुवाईमा बढोत्तरी भएको महसुस गरिदै गर्दा अर्याल स्वदेश फर्किएको घटनाले यहाँ कार्यरत महिलाहरु दुखी भएका छन।

 

 

नेपाली समाज यूएई-आबुधाबी,क्षेत्रिय समिती को सम्योजकत्वमा सम्पन्न कार्यक्रम समितीका अध्यक्ष सुर्य गिरीको शभापतित्व,समाजका केन्द्रिय  अध्यक्ष कृष्ण ढकालको प्रमुख आतिथ्यता – यूएईकी श्रम सहचारी पार्वती अर्यालको बिशेष आतिथ्यतामा तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितीमा भएको कार्यक्रमको संचालक नेपाली समाज यूएईका केन्द्रिय सचीव उमाकान्त गाउलेले गरेका थिए भने स्वागत मन्तब्य केन्द्रिय उपाध्यक्ष भरत रानामगर ले गरेका थिए।