काठमाडौँ – काठमाडौँ उपत्यकाका केही स्थानलाई १५ दिनभित्र हर्न निषेधित क्षेत्र घोषणा गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पद्मोदय मोडबाट दक्षिण, भद्रकाली मन्दिर पूर्व र माइतीघर मण्डलादेखि उत्तरको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ।
सो अवसरमा महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेशराज राईले निगरानी र नियन्त्रण गर्न सजिलो होस् भन्ने हेतुले महाशाखा नजिक र वरिपरिको क्षेत्रलाई पहिलोचरणमा हर्न निषेधित घोषणा गर्न लागिएको बताए।
उनले अधिकार र जिम्मेवारी पाएका यातायात व्यवस्था मन्त्रालय र मातहतका निकायले आफू पनि अधिकार प्रयोग नगर्ने र अरुलाई पनि प्रयोग गर्न नदिने समस्याले दण्डहीनता मौलाउन गई उपत्यकामा सवारी चाप नियन्त्रण गर्न कठिनाइ परिरहेको जीकिर गरे।
यसैबीच महानगरपालिकाले ती क्षेत्रमा पार्किङस्थल सञ्चालनका लागि काठमाडौँ महानगरपालिका वडा नं. १ कमलपोखरीका सागर तामाङलाई अनुमति दिएको पत्र महाशाखालाई आजै बोधार्थका रूपमा प्राप्त भएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।
यसप्रति टिप्पणी गर्दै महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले भने यस्तो प्रतिक्रिया दिए



