काभ्रे – चितुवाको आक्रमणबाट एक बालकले ज्यान गुमाएका छन् ।
देउभूमि बालुवा ८ का साइला लामाको ३ वर्षे छोरा सुनिल लामाको आइतवार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण कुमार सिंहले जानकारी दिए ।
‘गोठमा बालकलाई चितुवाले आक्रमण गरि बन तर्फ लागेछ,’ उनले भने, ‘प्रहरी र स्थानीयले बालकको खोजी गर्दा घरदेखि डेढ किलोमिटर पर वेला जंगलमा उसको शव फेला पर्यो ।’