पोखरा – पोखरामा तास खेल्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा उपमहानगरपालिका-११ फुलवारी बस्ने ५० वर्षीय तिर्थराम नाल्साको घरमा तास खेलीरहेको अवस्थामा ४३ हजार ३ सय ७० रुपैयाँ सहित ८ जनालाई कात्तिक ८ गते ४ बजे प्रहरीले पक्राउ गरेको हो।
यसैगरी पोखरा उपमहानगरपालिका-१६ लामाचौर बस्ने अखिल गुरुङको घरमा तास खेलीरहेको अवस्थामा कात्तिक ८ गते ४ बजे ३ जनालाई १२ हजार ४ सय ५० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका जुवाडेहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।