– उमाकान्त पाण्डे गाउंले
नेपाली समाज यूएई आबुधाबी क्षेत्रिय समिती द्वारा आयोजित देउसी भैंलो तथा बिबिध सास्कृतिक कार्यक्रमका साथ दिपावली साझ २०६८ – भब्यरुपमा सम्पन्न भएको छ।
आबुधाबीको केरेला सोसियल सेण्टरमा शुक्रबार भाई टिकाको दिन पारेर साझ ०६ बजे बाट सन्चालन गरिएको कार्यक्रम रातको करीब १० बजे सम्म चलेको थियो ।
तीन चरणमा गरी सन्चालन गरिएको कार्यक्रममा प्रथम चरण : उद्घघाटन तथा शुभकामना मन्तब्य – दोस्रो सास्कृतिक तथा देउसी भैंलो र तेस्रो सम्मान तथा उपहार प्रदान गरी गरिएको थियो ।
सास्कृतिक कार्यक्रम आयोजक अबुधाबी क्षेत्रीय समिती का सहसचिव राजु भुजेलले गरेका थिए भने पहिलो तथा अन्तिम चरणका कार्यक्रम नेपाली समाज यूएईका केन्द्रिय सचिव उमाकान्त पाण्डे गाउलेले गरेका थिए ।
कार्यक्रममा ३ दर्जन भन्दा बढी सास्कृतिक प्रस्तुती – तीन समुहको देउसी न्रित्य – तथा यूएईमा रही बिभिन्न क्षेत्रमा दिएको योगदान को सम्मान स्वरुप दुई दर्जन बढी ब्यात्तित्वहरुलाई प्रशशा पत्र द्वारा सम्मान गरिएको थियो ।
सम्मानित हुने बिधामा समाजसेवा – नेपाली ब्यवसाय – पत्रकारिता – साहित्य – कलाकारीता लगायतका क्षेत्र थिए ।
कार्यक्रम दुतावास उप नियोग प्रमुख दिपक अधिकारीको प्रमुख आतिथ्यता – नेपाली समाज यूएईका केन्द्रिय अध्यक्ष कृष्ण ढकालको बिशेष आतिथ्यता – तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितीमा सम्पन्न कार्यक्रमको शभापतित्व आयोजक नेपाली समाज यूएई आबुधाबी छेत्रीय समितीका अध्यक्ष सुर्य गरीले गरेका थिए।
कार्यक्रममा सेलरोटी तथा नेपाली अचारले दर्शक सबैलाई दिवा भोज गराइएको थियो।
आयोजक समितिका उपाध्यक्ष दिपक खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा , एनआरएन एनसिसी यूएईका अध्यक्ष चन्द्र रोकाह, महिला समितिकी महासचिव साबित्री एमसी, नेपाली समाज यूएईका केन्द्रिय अध्यक्ष कृष्ण ढकाल तथा दुतावास उपनियोग प्रमुख दिपक अधिकारी लगायतले शुभकामना मन्यब्य राखेका थिए।



