प्रवासी जिवनमा हामीले हाम्रा रितिरिवाज चाड पर्व लगाएत देश र आफन्तलाई समेत भुल्न बाध्य हुन्छौ । मनमा सम्झना भए पनि खाली मनैमा राख्न बाध्य हुनु पर्दछ ।
हुन त प्रविधीको विकासको करण आजभोली फोनबाट नै टिका लगाउने आशिश थप्ने प्रचलन त छदै छ तर पनि आज विदेशी भुमिमा बसेर गाउँ घरको जसरी पुजा दियो बत्ति मम बत्ति र झिलिमिली बत्ति बलेर प्रतेक कोठा कोठाका नेपाली साथिहरुले लक्ष्मी पुजा गरेको दृश्य निकै रमाईलो र घरगाउँलाई नै सम्झाउँने गरी कतारको होमसलाल अलिमा लक्ष्मी पुजाको दिन देख्न पाएको थियो ।
जहा साथिहरुले सात समुन्द्र टाढा भए पनि आफ्नो रितिरिवाज संस्कृति र चाडवाडलाई गाउँघरकै जसरी मनाएर शुभकामना आदन प्रदान गरिएका थियो ।