मलेसिया, १३ कात्तिक मलेसियामा सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । उनीहरु कामदारका रुपमा मलेसिया पुगेकै दिन उक्त दुर्घटना भएको हो ।
बिहीबार व्यस्त सडकमा भ्यानमा टोप ग्लोबभन्ने स्थानतर्फ जाँदै गरेका उनीहरु केलाङ भ्यालीमा दुर्घटना भएको हो । उक्त भ्यानमा १९ जना विदेशी सवार थिए । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककी दिलकुमारी श्रेष्ठ, र झापाकी कमलादेवी गुरागाँई, र दिलमाया गुरुङ रहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाकारी दिएको छ । उनीहरुको शव नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको राजदूतावासले बताएको छ ।