– उमाकान्त पाण्डे “गाउंले”
३१ – अक्टुबर – आबुधाबी (यूएई)-सोल्टिनी लाई पश्चिमी पहाडी जिल्ला गुल्मी बाट भगाएर राजधानी काठमाण्डौ उपत्यका ल्याउनु अघीको यात्रा तय गर्दै गर्दा तराइलाई बाइ बाइ गर्ने बखत उक्लनु पर्ने दाउन्नेको डाडो कटाएर भगाउने अर्थ रहेको गिती एल्बम दाउन्नेको डाँडै काटेर खाडीमा बिमोचन हुने भएको छ।
गत वर्ष ‘रेसुङगाको भिर – मनमा सधैं पिर ‘ नामक गिती एल्बम लाई सार्वजनिक गरेका गायक चुमान काउचाको दोस्रो प्रस्तुती दाउन्नेको डाँडै काटेर’ नामक गिती एल्बम आउदो शुक्रबार खाडी मुलुक सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबी बाट बिमोचन हुने भएको हो।
आउदो नोभेम्बर ४ शुक्रबारका दिन सर्वदा वाङगमय यूएई प्रतिस्ठानले आयोजना गरेको १०२ औ देवकोटा जयन्ती बिशेष बिबिध सास्कृतिक कार्यक्रममा सो गिती एल्बम सार्वजनिक गरिने भएको हो ।
लेखनाथ आचार्य तथा चुमान काउचाको लय सकंलनमा नेपालको पस्चिमी क्षेत्रमा बहुचर्चित रोयला भाकाको सोल्टिनी,तथा दाउन्नेको डाँडै काटेर ष्रीशक गीत तथा हितको साडी नामक शब्दका गिती भावनालाई आफ्नो लोक स्वरमा चुमन काउचा मगर – टिका पुन,बिष्णु माझी लगायतले सजाएका छन।
गत ४ वर्ष अघी देखी यूएई प्रवासमा रही आफ्नो कला प्रस्तुत गर्दै आएका काउचा यहाँ स्थित संघसस्था द्वारा आयोजना गरिने कार्यक्रममा जनवादी गायकको रुपमा चिनिन्छन भने पेशाले उनी ट्याक्सी चालक हुन । आफ्नो रोजीरोटीकै समयमै स्रिजित रचनालाई गत महिना दसैंको अवसर पारेर स्वदेश गएको बेला म्रुर्त रुप दिई यूएई बाट बिमोचन गर्ने उद्देस्यले उनी पुनह: खाडीमा फर्किएका हुन।
गुल्मी स्थाई घर भएका लोक गायक काउचाको पहिलो प्रस्तुती “रेसुङगाको भिर मनमा सधैं पिर” नामक एल्बमले नेपाली लोक बजार मात्र होइन खाडीमा बस्ने नेपाली लाई पनि तताएको थियो। अब भने गायक काउचाको दोस्रो प्रस्तुती कस्तो रहेको छ त्यो भने गिती एलब्म सार्वजनिक गरे पछी मात्र थाहा हुने छ। सो एल्बम लाई मिनी म्युजिक प्रा.ली.सँग समन्ययब गरी बजारमा ल्याइदै छ।



