बकर ईदको अवसरमा आबुधाबीमा भलिवल प्रतियोगिता हुने




– उमाकान्त पाण्डे गाउले 
नोभेम्बर – ४ आबुधाबी – मुस्लिम समुदायको ठुलो पर्व बकर ईदको अवसरमा आबुधाबीमा भलिवल प्रतियोगीता हुने भएको छ। काठमाण्डौ रेस्टुरेन्ट आइकार्ड सिटीको आयोजनामा प्रतियोगिता गरिने भएको हो।
स्वच्छ एवम मनोरन्जनपूर्ण प्रतियोगितामा सहभागिता जनाउन तथा खेल अवलोकन गर्नका लागि खेलमैदानमा उपस्थित हुनका लागि आयोजकले यूएई बासी सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको छ।
मुस्लिम समुदायको पवित्र पर्व ‘ बकर इद’को अवसर पारेर यही नोभेम्बर ५ गते शनिबार र ०६ गते आइतबारका दिन आबुधाबीको आइकार्ड सिटीमा नेपाली टिमहरु बिच भलिवल प्रतियोगिता गरिन लागिएको हो। 
शनिबार प्रतियोगिताको पहिलो चरणको खेल खेलाउने र सम्भब भए त्यसै दिन अन्तिम तथा फाइनल चरण र सम्भब नभएको अवस्थामा आइतबार  बिहान खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगिताको लागि सहभागिता जनाउन शनिबार बिहान १० बजे भित्र आयोजक भिम नारायण श्रेष्ठ काठमाण्डौ रेस्टुरेन्ट ०५५-९९८३९४२ लाई संपर्क गरी समुह दर्ता गराउन सकिने छ।
सहभागिताका लागि दर्ता शुल्क : १ सय पचास राखिएको छ भने प्रतियोगितामा प्रथम,दीतिय र त्रितिय हुनेलाई आकर्षक नगद पुरस्कारको ब्यबस्था गरिएको जानकारी आयोजकले दिएको छ।