मध्यपुर्व डेस्क – साउदी अरबको दोस्रो प्रमुख शहर दमामस्थित एकानब्बेमा जेलबाट प्रत्येक साता ६० जना नेपालीलाई स्वदेश पठाइने भएको छ । यसको कार्यान्वयन मुस्लिम समुदायको पर्ब बक्रइदपछि हुनेछ ।
साउदी राजधानी रियादस्थित नेपाली दुताबासको आग्रहमा जेल प्रशासन हरेक साता यसमा राजी भएको हो । त्यसरी फिर्ता हुने कामदारको टिकट साउदी सरकारले ब्ययहोर्नेछ । गैरकानुनी रुपमा साउदी बसेका नेपाली कामदारलाई पक्राउ गरेर उक्त जेलमा राख्ने गरिएको छ । ‘त्यस जेलमा धेरै नेपालीहरु छन् । उनीहरुलाई छिटोभन्दा छिटो स्वदेश पठाउने अभियान अनुसार जेलर अलुन वाश्रसँग अनुरोध गर्यौं’, जेलको अनुगमन गर्न पुगेका दुताबासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, ‘सहमति अनुसार अब हरेक सातापिच्छे ६० जनालाई स्वदेश पठाइन्छ ।’
घरफिर्तीको पखाईमा नेपालीहरू ७ महिनादेखि जेलमा छन् । घरफिर्तीको पखाईमा बसेका इटहरा-१ मोरङका मोहनकुमार कार्कीले समयमै उपचार नपाई जेलभित्रै मृत्यु भएको छ । अन्य केही नेपालीको अबस्था पनि गम्भीर रहेको सूचना पाएपछि दुताबास अनुगमनका लागि त्यहाँ पुगेका थियो । ‘जेल प्रशासनले बिरामी नेपालीलाई छिट्टै प्रक्रिया मिलाई स्वदेश पठाइदिने र उपचार समेत गरिदिने भएको छ’, उनले भने । आफ्नो जिम्मा लिने ब्यक्ति -स्पोन्सर) लाई छाडेर अन्य कम्पनीमा काम गर्ने कामदारलाई साउदी कानुनीले अबैध मान्ने गरेको छ । स्वदेशमा म्यानपावर कम्पनी वा दलालसँगको सम्झौताअनुसार तलब, काम र सेवा सुबिद्या नपाएका कामदार बढी जसो भागेर गैरकानुनी हैसियत बनाइरहेको गैरआबसीय नेपाली संघ, साउदीका अध्यक्ष धर्म केशीले बताए ।
कामदारको पासपोर्ट स्पोन्सरसँग हुन्छ । त्यसैले उनीहरूसूग आबश्यक कागजात हुदैन् । उनीहरु स्वदेश फिर्न अनिबार्य जेल जानैपर्छ । त्यस्ता कामदार त्यसै पक्राउ नपर्ने हुदाू दलालले पैसा लिई प्रहरीलाई पक्राउ गर्न लगाउँछन् । घिमिरेका अनुसार एकानब्बे जेलबाट अबैध नेपालीलाई छिट्टै स्वदेश पठाइदिने भन्दै रियाद, दमाम, जेद्दा लगायतमा कार्यरत नेपालीहरु पक्राउ हुन त्यहा आउने गरेका छन् । ‘त्यहाूबाट अक्टोबर महिनामा मात्रै तीनसय ४ जना नेपालीलाई स्वदेश फिर्ता गरिएको रहेछ’, उनले भने, ‘आउनेजाने भइरहने हुँदा जेलमा कति छन् भन्न सकिन्न ।’ एकै कोठामा दुई/तीनसय नेपाली भएको जानकारी जेलभीत्रका एक नेपालीले दिए ।
पीडित नेपालीका अनुसार जेलमा खान, बस्न र औषधी समेत अभाव भएकाले धेरै जना बिरामी परेका हुन् । यस्तै, साउदीको अर्को शहर जेद्दास्थित सफरजोनजेलमा रहेका गुल्मीका अनु गिरीले दुताबासले ट्राभल डकुमेन्ट नपठाइदिए ४७ जना नेपाली स्वदेश फिर्न नपाएको बताए । ‘जेलप्रशासनबाट सबै प्रक्रिया पुर्याइसकिएको छ । दुताबासबाट ट्राभल डकुमेन्ट नपठाइदिँदा हामी स्वदेश फिर्न पाएनौं’, उनले भने,’दुताबासमा बारम्बार भन्दा पनि सुनुवाई भएन ।’
घिमिरेले प्रहरीले कामदारको छानबिन गरिसकेपछि मात्रै दुतावासलाई जानकारी हुने बताए । ”साउदीबाट स्वदेश फिर्न पनि भिसा चाहिन्छ । त्यस्ता कामदारलाई स्वदेश पठाउनु अघि छानबिन हुन्छ’, घिमिरेले भने-‘सबैप्रकारको अनुसन्धान सकेपछि ट्राभल डकुमेन्ट जारी गर्छौं ।’