पर्वतमा तालिम पूर्व ग्रामिण भेला सम्पन्न

२५ कार्तिक २०६८ पर्वत । घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतद्धारा शंकरपोखरी गा।वि।स मा संचालन गर्ने सीप विकास तालीम पूर्व कि्रयाकलाप अन्तरगत स्थानिय श्रोत माग र संभाव्यता पहिचान सम्बन्धि अन्तरकि्रया कार्यक्रम हालै सम्पन्न गरिएको छ ।

 

शंकरपोखरी गा वि स मा सर्वदलिय संयन्त्र सदस्य स्थानिय क्लब आमा समूह उद्यमी समाजसेवी बुद्धिजिवीहरुको उपस्थिति रहेको ग्रामिण भेलामा वरिष्ठ उद्योग अधिकृत शिव शंकर बानियाँले कार्यालयबाट सम्पादन गरिने कार्य प्रदान गरिने सेवा र पूर्व कि्रयाकलाप कार्यक्रमको उद्धेश्य बारेमा जानकारी गराउनु भएको भयो । कार्यक्रममा गाविस क्षेत्रमा उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थको बारेमा जानकारी लिने कार्य गरिएको थियो ।

 

स्थानिय उद्यमी राम प्रसाद रिजाल गा।वि।स। सचिब छायादत्त पौडेल प्रास कृष्ण बिक सूर्योदय युवा क्लबका अध्यक्ष दिपक रिजाल राजनैतिक दलका संयन्त्र प्रतिनिधिहरु समेतको अन्तरकि्रया कार्यक्रममा सहभागिता रहेको यिो ।

 

गाविस अध्यक्ष छायादत्त पौडेलले कार्यक्रम संचालनको लागि गा।वि।सको तर्फबाट पूर्ण रुपले सहयोग गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो । पूर्व कि्रयाकलाप कार्यक्रमको संचालन घरेलु विकास समितिका ना।सु ऋषिकेश अधिकारीले गर्नु भएको थियो ।

अन्य समाचारहरु