उमाकान्त पाण्डे “गाउंले”
यूएई डेस्क – दुवई आउन टिकट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुहरुलाई फ्लाई दुवईले विमानस्थलबाटै फर्काइदिएको छ ।
शनिवार बेलुकी दुवई लैजान नसक्ने भन्दै एयरलाईन्सले फर्काएका कारण आफूहरु अलपत्र परेको गुनासो यात्रुहरुले गरेका छन् ।
यसरी त्रिभुवन विमानस्थलमा अलपत्र परेका ४० जना मध्ये धादिङका अमर कुवरले अर्घाखाँची डट्कम् लाई बताए ।
एयरलाईन्सका कर्मचारीले आफूहरुलाई अभद्र व्यवहार गरी फर्काएको यात्रुहरुको गुनासो छ ।
एयरलाईन्सले भने दुवईमा एयर सो भएका कारण शनिवार राति ९:५५ मा उड्नु पर्ने विमान सात बजे नै उडेकोले यात्रु छुटेको बताएको छ । तर बिमन त्यसरी छुटेको यात्रुले समयमा खबर नपाए पछी अलपत्र परेको अनुमान गरिएको छ ।
छुटेका यात्रुले आइतवार कार्यालयमा सम्पर्क गरेपछि समस्या समाधान गर्ने फ्लाई दुवईले बताएको छ ।
स्मरण रहोश फ्लाई दुबइको उडान रद्द भएको घटना भने यो नयाँ होइन । पटक पटक यसै गरी उडान स्थगित बहेको र यात्रु हरुलाई पुर्व जानकारी नगराइने गरेको खबर यस् अघी पनि हामीले प्रकाशन गर्दै आएका छौ ।