– विमल खतिवडा
पर्वत- पर्वतको भुकताङले गाविसमा शुक्रबार राति एक महिलाको हत्या भएको छ । वडा नम्बर १ स्थित पूर्णसिंह गुरुङले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती रीता गुरुङको हत्या गरेका हुन् ।
बञ्चरो प्रहारबाट घाइते बनेकी रीतालाई उपचारका लागि पोखरा लग्दै गर्दा बाटैमा मृत्यु भएको र हत्यामा संलग्न गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हत्या गर्नुकोकारण नखुलेको र घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए ।