साउदीमा नेपालीका ४४ शव

२७ कात्तिक । साउदी अरबको विभिन्न अस्पतालमा राखिएका ४४ वटा नेपाली कामदारकँ शव स्वदेश ल्याउने पक्रिया थालिएको रियादस्थित नेपाली दुतावासले जनाएको छ ।



दूतावासका अनुसार हत्या गरिएका, दुर्घटनामा मारिएका र अत्महत्या गरेका कामदारको शवहरू अस्पतालमा सुरक्षित छन् । तीमध्ये दुई वर्षअघि मृत्यु भएका कामदारहरूको शवसमेत छन् । दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले कतिपयमा स्पोन्सर पत्ता नलागेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जनाए । आजको कान्तिपुर दैनिकमा छापिएको समाचारमा लेखिएको छ, साउदी आउन अनुमति दिने स्पोन्सरले कामदारको मृत्यु भएमा स्वदेश पठाउनुअघि पनि अनुमति दिनुपर्छ ।



अहिले अकुम मिया कवरी ९धनुषा०, प्रवीन श्रेष्ठ ९झापा०, पवित्र तामाङ ९इलाम०, भलै दमाई ९इलाम०, अञ्चुतकुमार अधिकारी ९सुनसरी०, मानेश्वर नेपाली ९ललितपुर०, राजीवकुमार उपाध्याय ९कपिलवस्तु०, विष्णु शाही समुद्री ९पाल्पा०, हरिराम थापामगर ९धादिङ०, रामआशिस महरा ९सिराहा०, ज्ञानबहादुर कामी ९बागलुङ०, कमलबहादुर श्रेष्ठ, दिलजंग गुरुङ, प्रेमनारायण भुसाल, राजकुमार राई ९मोरङ०, चानु दोबी, गौतमकुमार राउत, राजेन्द्र यार, दिलबहादुर श्रेष्ठ, राजन घर्ती र मीनबहादुर लामा ९नवलपरासी० का शव छन् ।



त्यस्तै जीवन आले, नारायण यादव ९धनुषा०, सन्तुराज नेवाङ ९पाँचथर०, मानसिंह खत्री ९प्यूठान०, उमा थापा मगर ९सिन्धुपाल्चोक०, बर्फिन दाउक, टेककुमार गाह ९नवलपरासी०, दलुवा कुँवर ९बझाङ०, सुम्बाकुमार अर्याल ९नवलपरासी०, श्रीरामचलित्र कापड केवट ९धनुषा०, तेजबहादुर गुरुङ ९धादिङ०, सोमबहादुर सुनवार ९चितवन०, शिवजी साह ९रौतहट०, होमबहादुर राई ९खोटाङ०, कमलप्रसाद पौथा ९गुल्मी०, पशुराम विके ९इलाम०, छेदीलाल चौधरी ९मोरङ०, एमडी ओमार मुसालमान ९कपिलवस्तु०, कमल मुखिया कुमाल ९अर्घाखाँची०, शालिकराम पौडेल ९पाल्पा०, प्रकाश अधिकारी ९नुवाकोट० र नारायण भण्डारी ९कास्की०  का शव छन् ।