साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन रोक

– होम कार्की

 

काठमाडौ  – साउदी अरबले नेपाललाई जानकारी नदिई हस्तलिखित राहदानीमा भिसा लगाउन आइतबारदेखि रोक लगाएको छ । नेपालीका लागि तेस्रो गन्तव्य मानिएको साउदीमा ५ लाख नेपाली कार्यरत छन् ।

वैदेशिक रोजगारमा जाने कामदारको हस्तलिखित राहदानी बोकेर बंगलादेश पुगेका म्यानपावर कम्पनीका प्रतिनिधिहरू भिसा नलगाइदिएपछि फर्किएका छन् । साउदी जाने कामदारको भिसा लगाउन म्यानपावर कम्पनी बंगलादेशस्थित साउदी दूतावास पुग्नुपर्ने बाध्यता छ ।

फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालले भिसा लगाउन गएको ६० वटा म्यानपावर कम्पनीका प्रतिनिधि फर्किएको बताए ।