यूएईमा १० बर्षे जेलजीवनको सजाय पाएका दुई नेपाली स्वदेश फिर्ता

– उमाकान्त पाण्डे गाउले
नोभेम्बर १४ आबुधाबी – बैदेशिक रोजगारीको शीलशिलामा कोरिया जाने बहानामा खाडीमुलुक सम्युत्त अरब एमिरेट्समा अलपत्र परी जेल जीवन बिताइ रहेका दुई नेपाली नागरिकको उद्दार भएको छ। 
चितवन स्थित एक म्यानपावर एजेन्सी मार्फत कोरिया जाने प्रलोभनमा परी २००७ मा यूएईको दुबइ छिरेका ताप्लेजुङ्का टिन्डु लामा र शार्की शेर्पा को कोरिया जाने सपना पुरा त भएन नै अब बिदेश यात्रामा  नमिल्ने (अध्यागमन ब्ल्याक लिस्ट)को उपहार साथ लिएर फर्किनु पर्‍यो। 
लागुपदार्थ तस्करको आरोपमा यूएईको सर्वोच्च् अदालत द्वारा सन २००७ देखी १७ सम्मको लागि पाएको जेलजीवनको सजाय नेपाली समाज यूएईको पहलमा मिनाह भए पछी ति दुई नेपाली सोमबार स्वदेश फिर्ता हुन पाएका हुन। 
कसरी परे जेल ?
२००७ मा दुबइ आइपुगेका लामा र शेर्पा कोरिया जान नसके पछी इराक जान पाउने आशामा पुनह: एजेन्सीको भर परी दुबइको स्थानिय होटलमा बास बसिरहेको र अन्त्यमा दलालले पैसा खाएर भागीदिए पछी न लौरी न त बिसौनीको बिलौना भयो । होटल वाला “दैनिक खाए बसेको पैसा माग्न लाग्यो” साथमा भएको रकम दलालले खाएर भागी दियो – तिर्नलाई पैसा नभए पछी अलपत्र परेका ति नेपालीलाई फेरी अर्को दलालले हात लिएछ ‘उनिहरुको उद्दार पहलमा खटिएका नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकालले भाबुक मुद्रामा बताए। ‘ शेर्पा र लामा ले होटलमा तिर्नु पर्ने सबै रकम भुत्तानी गरिदिने र आफुले काम लगाइ दिने भन्दै एक जना नाइजेरियन नागरिकको भरोसामा होटल बाट बाहिरिएका ब्याती द्वयको जीवन झन कस्टकर बन्यो ढकालले थपे। ढकालका अनुसार राहतको भाषा बोलेको नाइजेरियन नागरिकले फेरी अर्को फन्दामा ति दुई नेपालीलाई फसायो जस्ले गर्दा उनिहरु १० बर्षे जेल जीवनको सजाय सुन्न वाध्य भए। नाइजेरियन नागरिकले यूएईबाट नेपालको बाटो हुँदै चिन ड्र्ग्स (लागु पदार्थ)तस्कर गर्दो रहेछ, एक ट्रिपको ५ सय डलर पाउने लोभमा बाध्यताबस ड्र्ग्स तस्करका सहयोगी बन्न पुगेका नेपाली द्वय पहिलो ट्रिपमै दुबइ बिमानस्थलमा पक्राउ परे । 
लामा ले २३ ट्याबलेट र शेर्पाले १७ ड्रग्सका क्याब्सुल पेटमा राखी हिंडेको बिमानस्थलमा थाहा पाए पछी , यूएई प्रशासनको हिरासतमा परे पछी उनिहरुको यात्रा अन्त्य भयो। उनिहरु यूएईको अदालत द्वारा लागुपदार्थ तस्करीको आरोपमा १० बर्षे जेल सजाय सुन्न वाध्य भए। 
समाजले कसरी गर्‍यो उद्दार ??
अर्को छुट्टै प्रसँगमा मृत्‍युदन्डको सजाय पाएका नेपालीको बारेमा अध्ययन गर्न दुबइको अल अविर स्थित सेण्टर जेलको भ्रमण गर्न पहिलो पटक जादा जानकारी पाएको यो मुद्दालाई (समाजसेवी तत्कालिन )नेपाली समाज यूएईका वर्तमान अध्यक्ष कृष्ण ढकालले सार्वजनिक गरेका हुन । थाहा पाएको दु:खद घटनाका निर्धोष नेपाली नागरिकको उद्दार कार्यमा ढकाल निरन्तर लागि परेकोले हाल उनिहरु जेल मुत्त हुन सके। 
ढकाललाई नेपाली दुतावास बाट प्राप्त अख्तियारी पत्र र त्यसैका आधारमा लामो समय जेल भ्रमण र कानुनी बहस गराइ उनीहरु जेल मुत्त हुन सफल भए। 
सबै प्रकृया अन्तिम चरणमा पुराउन गत शुक्रबार नेपाली समाज यूएईका महासचिव प्रकाश कोइराला समेतको टोली जेल भ्रमण गयो। तर बिबिध कागजातको कमीले रोकिएको काम पुनह: समाजका अध्यक्षले कानुनी सल्लाहकार तथा सि आइडी बिभाग प्रमुख मुस्रिफ शाह हुसेन सँग छलफल गरे पस्चात द्वय लामा र शेर्पा सोमबार नेपाल फर्कन पाउने भए। 
उनिहरुलाई सोमबार फ्लाईदुबई को उडान मार्फत नेपाल फर्काउदै छौ – समाजका अध्यक्ष ढकालले बताए। उनिहरुको लागि हवाई टिकटको ब्यबस्था समेत नेपाली समाज यूएईले गरेको छ। जेल मुत्त भई स्वदेश फिर्न लागेका शेर्पा र लामाको सोमबार दिउस १२ : ३० को उडान रहेको छ। 
समाजले गत तिहारमा देउसी भैंलो खेलेको र त्यस बाट सकंलित रकमले हाल उनिहरुलाई उद्दार गर्न सफल भएको बताइएको छ । 
सबैलाई धन्यबाद !!!
यसैबिच नेपाली समाज यूएईले आर्थिक सकंलन कार्यमा साथ दिएको र आगामी दिनमा पनि यसै गरी सबै संघसस्था बाट सहयोग मिल्ने अपेक्षा गर्दै यूएई स्थित  सम्पूर्ण संघसस्था लाई बिशेष धन्यवाद दिएको छ।  
अब अर्को मुद्दा : नेपाली समाज यूएई 
समाजका महसचिव प्रकाश कोइरालाका अनुसार अब मृत्‍युदन्डको सजाय सुनाइएका नेपाली नागरिक अमंर बहादुर बमलाई उद्दार गर्न आफुहरु लागि परेको बताए।
अबको हाम्रो अभियान त्यस प्रती केन्द्रित छ कोइरालाले थपे। उनका अनुसार  हालै मात्र समाजले नेपाल सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष यसै बिषयमा ज्ञापन पत्र समेत बुझाएको छ । जसको कार्यन्वयनका लागि सरकारी उच् स्तरिय यूएई भ्रमणको आग्रह गरिएको छ।   
पीडित द्वारा आभार ब्यत्त :
पिडीत नेपाली द्वयले नेपाली समाजलाई धन्यवाद दिदै नेपाली समाजले सहयोग नगरेको भए आफुहरुको जेल जीवन कस्टकर हुने र थप भबिश्य अन्धकार हुने भन्दै प्रवासमा आफ्नो अभीभाबकत्व स्वरुप नेपाली समाज यूएई पाएकोमा आभार ब्यत्त गरे। साथै भबिश्यमा आफ्नो जस्तो पिडा अरुलाई नपरोश भनेर स्वदेशमा आफुहरुले अभियान चलाऊन सुरु गर्ने प्रतुकृया उनिहरुले दिए।