सडक दुर्घटनामा अमेरिकाको ओहायो राज्यमा मृत्यु भएका संखुवासभाका विद्यार्थीको गृहजिल्ला चैनपुरमा अन्तिम संस्कार

खाँदबारी- सडक दुर्घटनामा अमेरिकाको ओहायो राज्यमा मृत्यु भएका संखुवासभाका विद्यार्थी मुकेस डाँगीको गृहजिल्ला चैनपुरमा अन्तिम संस्कार गरीएको छ । अमेरिकावाट शव ल्याएर उनको बुधबार चैनपुरमा अन्तिमसंस्कार गरीएको हो ।

युनिभसिर्टी अफ फाईन्डलेमा वातावरणीय विज्ञानको नीति सम्बन्धी स्नाकोत्तर तहमा अध्ययनरत २४ वर्षीय मुकेशको कार्तिक १४ गते कार दुर्घटनामा निधन भएको थियो ।

स्नातकोत्तर तहको अन्तिम वर्षमा पढिरहेका संखुवासभा चैनपुर स्थायी घर भएका डाँगीले चलाइरहेको कार, विपरीत दिशाबाट आईरहेको अर्को कार सँग ठोक्किन पुग्दा दुर्घटना स्थलमा उनको निधन भएको थियो ।

मुकेस एमाले सखुवासभाका जिल्ला अध्यक्ष उमेश डाँगीका सन्तान हुन । मुकेशले २०५८ सालको एलएससी परीक्षमा जिल्लाकै सबैभन्दा बढी अंक ल्याएका थिए ।

अन्य समाचारहरु