– दिनेश रेग्मी
दोहा(कतार), मंसिर ४ – साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्डको फैसला सुनाईएका व्यक्ती उमेश यादव हुन् । उनको उमेर, घर ठेगाना लगायत अन्य कुनै विवरण खुलेको छैन ।
साउदीको विदेश मन्त्रालयले गम्भिर मुद्दामा परेका नेपालीको जानकारी रियालस्थित नेपाली दुतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाह भएको हो । साउदीको विदेश मन्त्रालयले ५ दिन अघि अरबीक भाषामा पठाएको पत्रमा यादवको नाम थर र मृत्युदण्डको फैसला उल्लेख भएको दुतावासले जनाएको छ । यादवलाई कुन अदालतले कहिले फैसला गरेको हो भन्ने पनि मन्त्रालयको पत्रमा छैन ।
मृत्युदण्डको फैसला भएको जानकारी पाएपछि दुतावासले रियादस्थित पाकिस्तानी दुतावास र जेलमा बुझ्न थालेको जनाएको छ ।



