५ मार्ग २०६८ घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतद्धारा कुश्मा पर्वतमा लघु घरेलु तथा साना उद्यमीहरुलाई आइ परेका मुख्य मुख्य समस्यालाई दृष्टिगत गरि उद्यमीहरुको लागि आवश्यक जिल्ला बाहिरबाट ल्याउनु पर्ने कच्चामाल मेशिन औजार उपकरण जिल्लामै उपलब्ध गराउने साथै स-साना पूँजि लगानीमा संचालन गरिएका उद्योगका उद्यमीले उत्पादन गरेको गुणस्तरयुक्त सामानलाई कोशीलीघरको माध्यमबाट उपभोक्ता माँझ बिकि्र गर्ने वातावरण तयारी गर्न कोशेलीघर संचालन गरिने भएको छ ।
कोशेलीघरबाट उद्यमी र उपभोक्ता बिचको सम्बन्धलाई नजिक बनाउनुको साथै ढाकाकपडा बुनाई बाँसका सामान अल्लो कपडा लगायत बिभिन्न विषयका बस्तु उत्पादन गर्न उद्यमीलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने छ । कोशेलीघर संचालन पश्चात कच्चापदार्थ उपलब्धाताको असुविधाको कारण रुग्ण तथा बन्द अवस्थामा पुगेका उद्योगहरु समेत पूनः संचालनमा ल्याउन प्रत्यक्ष रुपले सहयोग पुग्ने कुरा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत शिवशंकर बानियाँले बताउनु भएको छ ।