दुबईमा समाजसेवी तथा पत्रकार जेपी सापकोटालाई बिदाई गरियो


 

– लालबहादुर ढेंगा

 

दुबई युएई । विगत ८ बर्षदेखि युएईको राजधानी अबुधावीमा कार्यरत समाजसेवी तथा पत्रकार जेपी सापकोटालाई गत २५ नोभेम्बरका दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा एउटा कार्यक्रमको आयोजना गरि सम्मानका साथ बिदाई गरेको छ । सो बिदाई कार्यक्रम गैरआवासीय नेपाली संघ युएई र नेपाल पत्रकार महासंघ शाखा युएईको संयुक्त आयोजनामा गरेको हो ।

 



उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथि जेपी सापकोटा रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष चन्द्र रोकाहाले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि समाजसेवी बुद्धिजीवी महिला र पत्रकारहरु रहेका थिए ।

 



विगत ८ बर्षभन्दा पहिला युएई छिरेका सापकोटाले आफ्नो ड्यूटीबाट बचेको समयलाई विभिन्न सामाजिक र पत्रकारिता क्षेत्रमा खर्चदै आउनु भएका थिए भने वर्तमानमा उहां नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि र गैरआवासीय नेपाली संघ युएईका सदस्यको रुपमा कार्यरत थिए । उहांले आफ्नो मन्तव्यको क्रममा यति लामो समयदेखि बनाएको साथीहरुको बिछुटको पीडालाई पोख्दै स्वदेश फर्केपछि पनि यसलाई अनलाइनको माध्यमबाट निरन्तर राख्ने प्रतिवद्धता जाहिर गर्नु भयो ।

 


 

गैरआवासीय नेपाली संघ आईसीसीका उपाध्यक्ष रामेश्वर शाह र गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष चन्द्र रोकाहाले संयुक्त रुपमा सापकोटालाई दोसल्ला ओढाउंदै प्रशंसा-पत्र समेत प्रदान गरिइएको थियो । त्यस्तैगरी नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष शंकर ज्ञवालीले पनि दोसल्ला ओढाउंदै प्रशंसा-पत्र प्रदान गरेको थियो । सो अवसरमा वहांले युएईमा रहदा गरेको कार्यलाई मूल्यांकन गर्दै स्वदेशमा पनि कार्यप्रगतिको लागि शुभकामना मन्तव्य दिनेहरुमा क्रमशः मानबहादुर थापा उत्तम अधिकारी यमलाल पंगेनी दलबीर िसंह बराइली विमल तामाङ लोक सुवेदी शंकर ज्ञवाली रामेश्वर शाह र चन्द्र रोकाहा रहेका थिए ।

 



नेपाली राष्ट्रिय गानबाट थालनी हुंदै नेपाल पत्रकार महासंघ शाखा युएईका सचिव अर्जुन दाहालको शुभकामना मन्तव्य रहेको बिदाई कार्यक्रमको संचालन पत्रकार निमेश गिरीले गरेका थिए ।