बझाङमा जिप दुर्घटनामा शिक्षकको मृत्यु

– खगेन्द्र अवस्थी

 

बैतडी – बझाङको बित्थडबाट बैतडी खोडपेतर्फ आउँदै गरेको से१ज २१३ नम्वरको यात्रुवाहक जिप दुर्घटनामा पर्दा आइतवार दिउँसो धनुषा घर भइ बैतडीको गाजरीस्थित अर्जुन माध्यमिक विद्यालयका शिक्षक श्री कुमार साहको घटनास्थलमै मृत्यु भएकोछ ।

खोडपेस्थित प्रहरी चौकीले दिएको जानकारी अनुसार जिपको टायर पञ्चर भइ अनियन्त्रित भइरहेको अवस्थामा शिक्षक साह आत्तलिएर हाम फाल्दा भिरमा खसेर मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

अन्य समाचारहरु