अमेरिका – अमेरिकामा शिक्षा मन्त्रालयको सहयोग इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन नामक संस्थाद्वारा प्रकाशित ओपन डुअर्स प्रतिवेदनले नेपाल एघारौं स्थानमा रहेको देखाएको छ ।
अमेरिकामा चीनका विद्यार्थी सबभन्दा बढी छन् भने भारत दोस्रो छ । सन् २००९ र ०१० मा चीन र भारतका विद्यार्थी क्रमश १ लाख ५७ हजार ५५८ र १ लाख ३ हजार ८९५ छन् । तेस्रो स्थानबाट दशौंतर्फ क्रमश: दक्षिण कोरियाका ७३ हजार ३५१, क्यानडाका २७ हजार ५४६, ताइवानका २४ हजार ८१८, साउदी अरबियाका २२ हजार ७०४, जापानका २१ हजार २९०, भियतनाम १४ हजार ८८८, मेक्सिकोका १३ हजार ७१३, टर्किका १२ हजार १८४ छन् ।
११ औं स्थानको नेपाललाई जर्मनी, बेलायत, ब्राजिल, थाइल्यान्ड, हङकङ, फ्रान्स, नाइजेरिया, इन्डोनेसिया, मलेसिया, कोलम्बिया, इरान, भेनेजुयला, पाकिस्तान, केन्याले पछ्याएका छन् ।
ओपन डुअर्स २०११ नामक उक्त प्रतिवेदनका अनुसार सन् २०१०र०११ मा अमेरिकामा कुल ७ लाख २३ हजार २७७ विदेशी विद्यार्थी छन् । अमेरिकामा विदेशी विद्यार्थी लगातार बढेको यो पाँचौं वर्ष हो ।
प्रतिवेदनका अनुसार संख्याको हिसाबले विदेशी विद्यार्थी बढी पढिरहेको राज्य क्यालिफोर्निया हो । त्यसपछि न्युयोर्क, टेक्सस, म्यासाचुसेट्स र इलिनोय राज्यमा छन् । सबभन्दा बढी विदेशी विद्यार्थी पढ्ने विश्वविद्यालय



