बेल्जियमको मोडल प्रतियोगिताको फाइनलमा नेपाली युवती

बेल्जियम बाट सन्तोष न्यौपाने को सहयोगमा यूएई डेस्क बाट  “उमाकान्त पाण्डे गाउले” को रिपोर्ट :

 

यूएई डेस्क – बेल्जियमा आयोजना भएको जुनिअर टप मोडेल २०११ मा नेपाली रोसनी पाउरबेक्स फाइनलमा प्रवेस गरेकी छिन् । प्रत्येक वर्ष सम्पन्न हुने उक्त कार्यक्रममा प्रारम्भिक चरणमा सहभागी भएका १४०० सहभागीहरुबाट छानेर १५० जनालाई मात्र सहभागी गराइने प्रावधान अन्तरगत उनी छैठौ नम्बरमा छानिएकी हुन् ।

सेमी फाइनलबाट २६ जनालाई फाइनलको लागि छनौट गरिएको छ । निर्णायक मण्डल र सार्वजानिक भोटबाट सहभागीहरुलाई विजेता घोषणा गरिने जनाइएको छ । आगामी डिसेम्बर ०३ तारिखमा बेल्जियमको सालरुवा भन्ने स्थानमा हुन गइरहेको फाइनलमा २६ जनाबाट प्रथम, द्धितीय र तृतीय छनौट गरिने छ । सार्वजानिक भोट १४ नोभेम्बरबाट डिसेम्बर ०३ सम्म मोवाइलबाट एसएमएसमार्फत दिन सकिने छ ।


१७ वर्षीय नेपाली रोसनीलाई मतदान गर्नको लागि TMB63 टाइप गरेर बेल्जियममा बसोबास गर्नेहरुले ३५६५, फ्रान्सबाट ८१०१३ र लग्जम्बर्गबाट ६४७४७ मा एसएमएस पठाउनु पर्ने छ । उक्त प्रतियोगितामा बेल्जियम, फ्रान्स र लग्जम्वर्ग बाहेकका अन्य मुलुकहरुबाट भने भोट हाल्न पाइने छैन् ।


यो नेपालीहरुको प्रतिष्ठाको कुरा भएको र एउटा एसएमएस गरेर सहयोग गर्न रोसनीका अभिभावकहरुले डास्पोरामा रहेका नेपालीहरुलाई अनुरोध गरेकी छन् । प्रतियोगी रोसनीले यस स्थानमा पुर्याउन यसपूर्व एसएमएसमार्फत सहयोग पुर्याउने सवैमा कृतज्ञता व्यक्त गर्दै पुन: एकपटक सहयोगको लागि अनुरोध गरेकी छन् ।


उनी भन्छिन,  ‘मेरो विजयले बेल्जियम, लग्जम्वर्ग र फ्रान्सलगायत युरोपमा बस्ने नेपालीहरुलाई चिनाउन मद्दत पुर्याउने छ ।’ रोसनीले सवैमा एक पटक सहयोग गर्न अनुरोध गरेकी छन् । साथै उनले नतिजा आफ्नो पक्षमा आएमा यसबाट प्राप्त केही रकम नेपालका दुर्गम क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने समेत जनाएकी छन् ।


यस्तै गरी एनआरएन बेल्जियमको मिति २६ मार्च बसेको बैठकले रोसनीको पक्षमा नजिता ल्याउनको लागि मतदान गर्न सम्पूर्ण बेल्जियम, लग्जम्वर्ग र फ्रान्सबासी संघसंस्था तथा नेपाली समुदायलाई अनुरोध गरेको थियो ।