स्थापना दिवसमा रक्तदान र फलफूल वितरण

अर्घाखाचि टाईम्स संवादाता

 


बुटवल १५ मंसिर । रुपन्देही उद्योग संघले ३४ औं स्थापना दिवस तथा  औद्योगिक दिवसको अवसरमा  विहिबार रक्तदान तथा फलफूल वितरण गरेको छ ।  

 

आम्दा अस्पताल बुटवलमा रहेका करीब १५० विरामीलाई फलफूल वितरण गरेको हो ।  संघका अध्यक्ष तेजकुमार पाठकको नेतृत्व र संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागितामा  अस्पतालका निर्देशक विनोद पराजुलीको समेत उपस्थीत रहेको जनाइएको छ ।  

 

 

दिवसकै अवसर रक्तदान कार्यक्रम समेत गरेको छ । ३४ यूनिट रगत संकलनभएको सक्तदानमा संघका पदाधिकारी तथा सदस्यहरु उद्योगीहरु एवं अन्य शुभेच्छुकहरुले रक्तदान गरेका थिए । 

 

फलफूल वितरण कार्यक्रमको संयोजक अमिता गुभाजू र रक्तदान कार्यक्रमको संयोजक नरेश श्रेष्ठ रहेका थिए । महासिचव गणेश प्रसाद अधिकारीे को संाचालनमा कार्यक्रम भएको थियो ।

अन्य समाचारहरु