तयारी अन्तिम चरणमा जिल्लालाई सूचना प्रविधिको नमूना जिल्ला बनाउने लक्ष्य
कम्प्युटर एशोसियसन अफ् नेपाल क्यान काभ्रेको आयोजनामा हुने सूचना तथा संचार प्रविधिको बृह्त प्रदर्शनी क्यान इन्फोटेक २०६८ काभ्रेको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २९ गते उद्घाटन हुने इन्फोटेकको यो काभ्रेमा दोस्रो संस्करण हो ।
बनेपा पार्टी भेन्युमा आयोजना हुने प्रदर्शनीको ९५ प्रतिशत स्टल बुकिङ् भइसकेका छन् । दोस्रो संस्करणको इन्फोटेकलाई गतबर्ष झैं मिदास एजुकेशनले मुख्य प्रायोजन गरेको छ । त्यस्तै इस्लिङ्स्टन कलेज डेल्टा इन्टरनेशनल र इसेट नोड एन्टिभाइरस क्रमशः प्लाटिनम स्पोन्सर डायमन्ड स्पोन्सर र पि्रन्टिङ् स्पोन्सर रहेका छन् । <br>
क्यानका महासचिव राजकुमार आचार्यका अनुसार सूचना प्रविधिका नयाँ नयाँ आविष्कारको प्रदर्शनी गरिने मेलामा कम्प्युटर मोबाइल ल्यापटप प्रोजेक्टर एलसिडी पावर ब्याकअप लगायतका सामानहरुको प्रदर्शनी एवं विकि्र हुनेछ । शैक्षिक सामग्रीहरु समेटिएका सिडीहरु इन्भर्टर लालटिन लगायतका उपकरणहरुले मेलालाई अझै रौनकता प्रदान गर्ने आचार्यले बताए ।
इन्फोटेककै अवसरमा ई-एजुकेशन र टेलिमेडिसिन सम्बन्धी सूचना प्रविधि सम्मेलन आयोजना हुनेछ । पुस १ गते सूचना प्रविधि उच्चस्तरीय आयोगको समन्वयमा आयोजना हुने टेलिमेडिसिन सम्बन्धी सम्मेलनकै अवसरमा ई भिलेज कार्यक्रम संचालन भएको एउटा गाविसमा टेलिमेडिसिन सेवा सुरु गरिने योजना रहेको सूचना प्रविधि सम्मेलन आयोजक समितिका संयोजक गायत्रीरमण घिमिरेले बताए । विद्यालय र क्याम्पसका शिक्षक प्राध्यापक स्रोतव्यक्ति विद्यालय निरीक्षक एवं शिक्षाविद्हरुको सहभागितामा पुस २ गते ई एजुकेशन सम्बन्धी सम्मेलन आयोजना हुनेछ । त्यस्तै काभ्रे जिल्लालाई कसरी ई डिस्ट्रिक बनाउन सकिन्छ भन्ने विषयमा जिल्ला विकास समितिको आयोजनामा जिल्लाका सभासद् राजनीतिक दलका नेता सूचनाप्रविधि विज्ञ एवं सरोकारवालाहरुबीच प्यानल डिस्कसनको कार्यक्रम राखिएको घिमिरेले जानकारी दिए ।
क्यान काभ्रेले गत बर्ष झैं यस पटक पनि एसएमएसको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । प्ब्ख्च्भ् क्उबअभ श्र ऋब्ल् टाइप गरेर ५००१ मा एसएमएस गर्नेले मेला अवलोकन गर्न कुनै शुल्क तिर्नु पर्दैन ।
यसपटकको इन्फोटेकलाई सूचना प्रविधि उच्चस्तरीय आयोग राष्ट्रिय सूचना प्रविधि केन्द्र प्रमाणिकरणको कार्यालय जिल्ला विकास समिति काभ्रे बनेपा नगरपालिका धुलिखेल नगरपालिका पनौती नगरपालिका जिल्ला शिक्षा कार्यालय काभ्रे उद्योग वाणिज्य संघ धुलिखेल उद्योग वाणिज्य संघ उपकार बचत ब्रोडलिङ्क लगायतका निकाय एवं संस्थाहरुले सहयोग गरेका छन् ।