अन्तर्राष्ट्रिय बृद्धबृद्धा दिवसको अवसरमा आज ९० बर्ष भन्दामाथि उमेरका ८ जना बृद्धालाई सम्मान गरिएको छ ।
काठमाडौँको बसन्तपुरमा पर्यटन तथा नागरिक उडड्यन राज्य मन्त्री दिलिप महर्जनले ती बृद्धाहरुलाई सम्मान गर्नुभएको हो ।
ज्यापु मिसा पुचःले आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. हिराबहादुर महर्जन र सरगमाथा आरोही सन्तकुमार महर्जनलाई समेत सम्मान गरिएको थियो । प्रा.डा महर्जन ज्यापु समुदायबाट उपकुलपति हुने पहिलो ब्यक्ति हुनुहुन्छ भने सन्तकुमार पनि ज्यापु समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।