यूएईमा एक नेपाली महिलाको उद्दार

– उमाकान्त पाण्डे “गाउंले”


डिसेम्बर ०९ – आबुधाबी – नेपाली दुतावास आबुधाबी र नेपाली समाज यूएई को सम्युत्त पहलमा १ नेपाली महिला लाई उद्दार गरिएको छ।


रोजगारीका लागि घरेलु महिला कामदारको रुपमा ३ बर्ष अघी सम्युत्त अरब एमिरेट्स यूएई को सारजाह आएकी मोरङ ९ राजघाट कि फुलमाया गुरुङ  लाई उद्दार गरिएको हो ।


यूएई (ईमराती नागरिक)नागरिकको घरमा हाउसमेडको रुपमा कामगर्न आएकी फुलमाया यहाँ आएको एक बर्षमै एक श्रीलकंन नागरिकको प्रलोभनमा परी राम्रो काम पाउने लोभमा घर छोडेकी थीईन ।


आफ्नो भिसा स्पोन्सर मालिक छोडेर अवैधानिकरुपमा (अरबी भाषामा खल्ली बल्ली भनिने)  काम गर्न लागेकी फुलमायाले न त खोजे जस्तो राम्रो काम पाइन न त मनग्य आम्दानी , बरु नेपाल फर्किन समेत असजिलो हुने गरी अफ्ठ्यारोमा फसेकी हुन ।  आफ्नो राहदानी समेत गुमाएकी गुरुङ लाई दुतावासले प्रदान गरेको “आउट पास” मार्फत नेपाल फिर्ने भएकी छन ।


आफ्नो भिसा स्पोन्सर मालिकको घरमा काम गर्न छोडेकी फुल माया करिब ३ बर्ष अबैधानिक (खल्लीबल्लीमा) बसी काम गरी अन्तत नेपाल फर्किने आशामा आबुधाबी स्थित नेपाली दुतावासमा पुगेको र दुतावासको आग्रहमा नेपाली समाज यूएईले कानुनी प्रकृया पुरा गरी ३ बर्षे अबैधानिक बसाइ बापतको जरिवाना करीब ५० हजार यूएई धिराम्स लाई मिनाह गराइ आउदो हप्ता नेपाल पठाउने तयारी गरेको छ ।


नेपाल फिर्ता हुने आशामा दुतावासको शरणमा पुगेकी फुलमाया लाई दुतावासका प्रथम सचिव लोक बहादुर क्षेत्रीले नेपाली समाज यूएईका अध्यक्ष लाई फोन संपर्क गरी सारजाह एमिग्रेसनमा पुगेर कानुनी प्रकृया पुरा गरिदिन गरेको आग्रहलाई अध्यक्ष ढकालले २ दिन को प्रयासमा फत्ते गरेका हुन । 


दुतावास सग समन्ययब गरी आफुलाई परेका निवेदनका आधारमा नेपाली समाज यूएईले लामो समय देखी यस्तै सामाजिक कार्य गरिरहेको छ ।

 

स्मरण रहोश यस् अघी हालै मात्र  १० बर्षे जेलजीवन को सजाय पाएका २ नेपाली नागरिक लाई उनिहरुको मुद्दामा लडेर जेलजीवन मुत्त गराइ नेपाल फिर्ता पठाएको थियो । त्यसै गरी समाजका अध्यक्ष कृष्ण ढकालले दिएको जानकारी अनुसार मृत्‍यु दन्डको सजाय सुनाइएका दार्चुला धारी गाविसका अंमर बहादुर बमको बिषयमा कानुनी प्रकृया अघी बढाउन अध्ययन गरी रहेको छ।