– उमाकान्त पाण्डे “गाउंले “
१४ डिसेम्बर -आबुधाबी – यूएई डेस्क – सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा नयाँबर्षको अवसरमा यूएई ब्यापी खुला भलिवल प्रतियोगीता हुने भएको छ ।
प्रवासमा रहेका नेपाली दाजुभाइमा भाईचराको सम्बन्ध बिकास गर्ने उद्देस्यले प्रतिगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगिता डिसेम्बर ३० तारिख शुक्रबार बिहान ८ बजे देखी आबुधाबी औधोगिक क्षेत्र(आइकार्ड)मा हुने भएको छ । प्रतियोगितामा सहभागीता जनाउन डिसेम्बर २९ तारिख बिहिबार दिउस ३ बजे भित्रमा गर्नहुन आयोजक ले यूएईमा रहेका सम्पूर्ण संघसस्था नेपाली समुदाय सम्पूर्णमा अपिल गरेको छ ।
सहभागिता जनाउन समुह दर्ताका लागि १ सय ५१ यूएई दर्ता शुल्क लाग्ने छ । प्रतियोगितामा प्रथम तथा दितिय हुने समुहलाई नगद तथा प्रमाण पत्रको ब्यबस्था गरिने भएको आयोजकले जनाएको छ ।
समुह दर्ता तथा प्रतियोगिता बारे थप जानकारीका लागि ग्रिन लाइन ट्राभल्स आबुधाबी बाल कृष्ण खडका ०५०-९१६८४७८ तथा काठमाण्डौ रेस्टुरेन्ट आइकार्ड मुसाफाह ०५०-७६३७८२९ र खेल सम्योजक दान बहादुर जिसी ०५५ – ७१६४८३२ लाई संपर्क गर्नहुन अनुरोध समेत गरिएको छ ।



