नेपाली युवा नेता,पत्रकार तथा कलाकारको टोली ओमन आउने

– उमाकान्त पाण्डे गाउंले/सालीकराम आचार्य   



ओमान – मस्कट  १४ डिसेम्बर २०११, आगामी नयाँबर्ष २०१२ को शुभकामना आदान प्रदान एवम बिबिध सास्कृतिक कार्यक्रमका लागि नेपाल बाट बिभिन्न राजनितिक दलका युवा प्रतिनिधि – पत्रकार तथा कलाकारको टोली ओमन आउने भएका छन ।


ओमानका नेपालीहरु लाई ओमानमा नेपाल सरकारको कुटनैतीक निकायको ऊपस्थिती गराऊन ओमानमा रहेका नेपालीहरुका समस्या नेपाल सरकारको कार्यनितीमा पुराउन दबाब दिन भन्दै आयोजित कार्यक्रममा नेपालका प्रमुख तिन दलका युवा नेता क्रमश:चन्द्र बहादुर थापा सागर,एनेकपा माओवादी,गगन थापा नेपाली काग्रेंस, राजेन्द्र अधिकारी नेकपा एमाले, पत्रकार पिताम्बर भटर्राई नेपाल टीभी, होम कार्की कान्तिपुर राष्ट्रिय दैनिक, उद्धव भटर्राई रोजगार मञ्च, तथा ओमन लगायत अन्य मुलुक हेर्ने जिम्मा पाएका बिभिन्न दुतावासका प्रतिनिधिका साथमा सास्कृतिक कार्यक्रमका लागि लोक गायीका कोमल ओली,गैरआवासीय संघ जापान तथा कतारका प्रतिनिधी हरु ओमान आउने भएका हुन ।


ओमानमा कार्यरत ६० हजार भन्दा बढी नेपालीहरुको अभीभावक नेपाली दुतावासको स्थापनाका लागी चौर्तफी दबाब दिने उद्देश्यले सबै प्रकृतिका प्रतिनिधिको उपस्थितीमा पिडीत नेपालीहरुको ब्यथा जमर्को गर्न गैर आवासीय नेपाली संघ ओमानले यो कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ।
 
साथै कार्यक्रममा खाडी मुलुकमा कार्यरत नेपालीहरुको दुखःपिडा लाई समेटेर बनाइएको श्रब्य द्रिश्य(डकुमेन्ट्री फिल्म:ग्रिन ब्लड)लाई ओमानका नेपालीहरु समक्ष प्रदशन गरिने गरिने भएकोले त्यहा कार्यरत नेपालीहरु ऊत्साहीत भएका छन।


कार्यक्रम आगामी ३० डिसेम्बर २०११ का दिन अल माशा हल रुवी,मस्कटमा हुने छ।