काठमाण्डौको लैनचौरमा माइक्रोबसरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि सर्वसाधारणले माइक्रोबसमा आगजनी

लैनचौरमा माइक्रो बसको ठक्करबाट पैदल यात्रुको मृत्यु


काठमाण्डौको लैनचौरमा माइक्रोबसरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि सर्वसाधारणले माइक्रोबसमा आगजनी गरेका छन् । अनियन्त्रित गतीमा गुडेको बसले लैनचौरमा लाजिम्पाटकी ६० वर्षिया तुलसी खत्री र उनकी छोरीलाई ठक्कर दिएको हो । घाइते तुलसीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
अनियन्त्रित गतिमा बस गुडाएका चालकलाई यात्रुहरुले बारम्बार गति नियन्त्रण गर्न आग्रह गरे पनि चालकले अस्वीकार गरेपछि सोही बसमा सवार यात्रु र सर्वसाधारणले दूर्घटना लगत्तै बसमा आगजनी गरेका थिए । आगजनीबाट बा १ ज ५७११ नम्बरको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । बस चालक दिपक गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु