– उमाकान्त पाण्डे गाउंले यूएई डेस्क
जनताको आय आर्जनका लागि सरकारी स्तरबाट प्रभावकारी कार्यक्रम लागू हुन नसकिरहेको परिवेशमा गरिब जनताको आर्थिक अवस्था उत्थानका लागि नीजि तथा समूहगत प्रयासले आशा जगाएको छ । हाम्रोजस्तो मुलुकमा सरकारको मुख ताकेर मात्र काम नचल्ने र चाहने हो भने नीजि तवरबाट पनि गरिबी निबारण कार्यमा प्रशस्त भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सोंचबाट प्रेरित रहंदै आएका देवमान हिराचन आयआर्जनको कुनै उपाय नभएका विपन्न परिवारका लागि आशाको दियो बनेका छन् ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष हिराचनको पहलकदमी एवम् सहकार्यमा