भक्तपुर – काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको नेपाल यातायातले आज मोटरसाइकललाई ठक्कर दिँदा १२ कक्षा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ।
बा १ ख ९९६६ नम्बरको नेपाल यातायातले बा ४१ प ३००७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरको कौशलटार निवासी १७ वर्षीया सदीक्षा बस्नेतको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रहरी निरीक्षक शिव पोखरेलले बताए।
सोही दुर्घटनामा घाइते भएका ठिमीका प्रणव खड्काको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
बस्नेत बानेश्वरस्थित पिरामिड कलेजमा पढ्थिन्। रासस