– उमाकान्त पाण्डे गाउंले / यूएई डेस्क
(आबुधाबी), पुष ८ – सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा पुगेका ५३ नेपाली कामदार अलपत्र परेका छन।
यहाँ स्थित तीन फरक-फरक कम्पनिको एउटै संचालक फरार भएपछी ती कम्पनीमा कार्यरत नेपाली हरु अलपत्र परेका हुन ।
अलपत्र हुने अधिकाशं नेपाली कामदार पुर्वी तराइ मुलका छन।
कम्पनीमा नेपाल लगायत अन्य मुलुकका मजदुरहरु गरी ३ सय ६० जना कामदार कार्यरत थिए।

दुबइको अल्कुजमा रहेको सिस्टम इन्जिनियर,एमिरेट्स स्पेस एरेक्टोर र दुबइको जेबलालीमा रहेको सिस्टम फ्रीजोनका संचालक यूएई बाट फरार भए पछी ति कम्पनीमा कार्यरत कामदार अलपत्र परेका हुन।
अलपत्र परेका नेपालीलाई उद्दार गर्न भन्दै यहाँ स्थित नेपाली राजदुतावास र नेपाली समाज यूएई लगायत अन्य सामाजिक संघसस्था त्यहा पुगे पनि अहिले सम्म कुनै प्रभाबकारी सहयोग हुन नसक्दा अलपत्र नेपालीको अवस्था दयनिय भएको छ।
एक को मृत्यु
यसै बिच सम्युत्त अरब एमिरेट्स यूएईकै सारजाहमा एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि ४ बर्ष अघी यूएई आएका पाचथरका खेमराज न्यौपानेको हृदयघातका कारण मृत्यु भएको हो।
सारजाहको स्पिट क्लिनिग कम्पनिमा कार्यरत उनको शब अहिले सारजाहको कुवेती अस्पतालमा राखिएको छ।