लुम्बिनी अञ्चलकै उत्कृष्ट नमुना बिधालय मानिने रुपन्देहीको बुटवलमा रहेको कालिका उमाविको वार्षिकोत्सव सम्पन्न

कालिका उमावि बुटवलको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम एक भव्य समारोहका विच सम्पन्न भएको छ ।


विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै रुपन्देहीका जि.शि.अ. झुमप्रसाद राईले सरकारी स्कुलहरु सुविधा सम्पन्न र शैक्षिक गुणस्तरमा पनि उत्कृष्ट रहेको चर्चा गर्दै शिक्षक अभिभावक र विद्यार्थीको संयुक्त प्रयासले गुणस्तर शिक्षा तर्फको सफलता प्राप्त गर्न सम्भव छ भन्ने कुराको उदाहरण कालिका उमाविले देखाएको बताउनु भयो ।


 

 

 

 

 

 

 

 

 

 

 

 

उच्च माध्यमिक शिक्षा परिषद् बुटवलका कार्यालय प्रमुख सुवास पन्तले शिक्षकहरु इमान्दार र सरकार जिम्मेवार बन्ने हो भने शैक्षिक क्षेत्रमा फड्को मार्न कठिन नहुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संगठनका प्रतिनिधि डिलु तिवारी, शिक्षक संघका जिल्ला अध्यक्ष सोमनाथ गिरी, ने.रा.शि. संगठनका जिल्ला अध्यक्ष गुणाखर भट्टराई, विद्यालय निरीक्षक रामकृष्ण पछाईं र बुनपाका बरिष्ठ अधिकृत भुवाप्रसाद पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य घनश्याम पाठकले विद्यालयको प्रतिवेदन र भावि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा एस.एल.सी. र उच्च मावि तर्फ प्रथम हुने छात्रछात्राहरुलाई स्वर्णपदक र नगद पुरस्कारले सम्मान गरिएको थियो । विद्यालयमा लामो समय उत्कृष्ट सेवा गरेबापत डमरकुमारी पुन, गिरीराज ज्ञवाली र ज्ञानु मल्ललाई समेत सम्मान गरियो । त्यस्तै विभिन्न व्यक्तिहरुले स्थापना गरेका अक्षयकोषको तर्फबाट ६० जना छात्रछात्राहरुलाई नगद छात्रवृत्ति प्रदान गरिएको थियो ।


सोहि कार्यक्रममा जिल्ला स्तरिय र नगर स्तरिय अन्तर उमावि खेलकुदका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो ।


विष्णुहरि ज्ञवालीको सन्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र क्षेत्री अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले रोचक साँस्कृतिक कार्यक्रम, लघु नाटक र प्रहसन प्रस्तुत गरेका थिए ।

अन्य समाचारहरु